सर्वोच्च अदालतको निर्णय स्विकार गर्ने–नेका केन्द्रीय सदस्य डा कोइराला

इनेप्लिज २०७७ पुष १३ गते २३:०४ मा प्रकाशित

विराटनगर,१३ पुस।नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ ले संसद विघटनको विरोधमा आज यहाँ र्याली र कोण सभाको आयोजना गरेको छ।वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमा पश्चात जनआन्दोलन चौकमा कोण सभामा परिणत भएको थियो।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद विघटन सम्वन्धी सर्वोच्च अदालतको निर्णय स्विकार्य हुने बताउनु भएको छ।उहाँले नेकां वामपन्थीको सहकार्यमा सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोध सभाको गर्नुपर्नेमा जोड दिनु भयो।

केन्द्रीय सदस्य डा.कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाँको काँधमा आएको छ भन्नु भयो।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले संसद विघटनबाट संविधान कार्यान्वयन अवरोध सिर्जना भएको आरोप लगाउदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिनु भयो।

राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले वर्तमान सरकारले शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नु पर्ने बताउनु भयो।प्रदेश नं १ प्रदेश सभाका प्रतिपक्ष दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी रहने छ भन्नु भयो।

 

प्रतिक्रिया