(२२ राजनीतिक दल तथा सङ्घसंस्थाकोकार्यगतएकताकोतर्फबाट १२८औँ माओजयन्तीको उपलक्ष्यमा कैलालीको धनगढीमा २०७७पौष ११ गते आयोजितअन्तरक्रियामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य क. मनोज भट्टद्वारा प्रस्तुतकार्यपत्र)
मनोज भटट्
१.माओको जन्मचीनको हुनानप्रान्तको साओसानमा २६ डिसेम्बर १८९३ मा भएको थियो।आजविश्वकाविभिन्नमुलुककामाक्र्सवादी–लेनिनवादीहरूले माओको १२८औँ माओ जयन्तीमनाइरहेका छन् । रक्षात्मकअवस्थामापुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई माथि उठाउनका लागिमाओका विचारको महत्त्वझन् बढेर गएको छ ।१९२१ मा चीनमा स्थापनाभएको कम्युनिस्ट पार्टीको संस्थापकमध्येका माओ पनि एक हुनुहुन्थ्यो।लगातारको अन्तरपार्टी सङ्घर्षबाट माओ पार्टीभित्र छनतुस्यूको दक्षिणपन्थी आत्मसमर्पणवादी र लिलिसानतथावाङमिङको उग्रवामपन्थीकार्यदिशामाथिविजयप्राप्त गर्न सफलहुनुभयो।तत्पश्चात् १९३५ मा गएर चिनियाँ कम्युनिस्ट पार्टीमा माओको नेतृत्व स्थापितभयो; र, त्यो नेतृत्व १९७६ सम्म कायम रहयो।उहाँको नेतृत्वमा १९४९ मा चीनमा कम्युनिस्ट क्रान्ति सम्पन्नभयो।
२.माओले चीनमा स्थापनाभएको जनवादीव्यवस्थालाई समाजवादमा रूपान्तरण गर्नुभयो।चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनादेखि नयाँजनवादीक्रान्तिसम्म र नयाँजनवादअन्तर्गत राष्ट्रिय पुँजीविकास गर्दै समाजवादको स्थापना गर्ने दौरानमामाओले राजनीतिक,सैद्धान्तिक तथा सङ्गठनात्मक क्षेत्रमाआर्जन र विकास गरेको ज्ञान र अनुभवले चिनियाँक्रान्तिलाई मात्रनभएर विश्वमाचल्ने सामन्तवादतथा साम्राज्यवादविरोधीक्रान्तिलाई पथप्रदर्शन गर्ने तहसम्मविकास गरेको छ ।माओका सिद्धान्तको आलोकमा मात्र हाम्रोजस्तो पिछडिएका मुलुकमाक्रान्ति सम्भव छ । यद्यपि माओले विश्व कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानवा विकास गरेको विचारले लेनिनको युगभन्दा बाहिर वा बेग्लै युगको प्रतिनिधित्व गर्दैन।माओले विकास गरेका विचार वा सिद्धान्त लेनिनको युगभित्रको विषयभएपनिविश्व कम्युनिस्ट आन्दोलनकालागि धेरै नै महत्त्वपूर्ण रहेका छन्।माओको मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासमा महत्त्वपूर्ण योगदान रहेको छ ।अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमामाओका योगदानलाई निम्नलिखित रूपमा प्रस्तुत गर्न सकिन्छ
क. मार्क्सवाद–लेनिनवादको व्यावहारिक प्रयोग र विकास
ख. आधुनिक संशोधनवादका विरुद्धको सङ्घर्ष
ग. सर्वहारा वर्गको अधिनायकत्वभित्रवर्गसङ्घर्ष सञ्चालनको प्रश्न
घ. रणनीति र कार्यनीतिको विकास
ङ. सैन्य रणनीतिको विकास
च. पार्टीनिर्माणको प्रश्न
३.मार्क्सवाद का तीन वटा सङ्घटक अङ्गहरू वैज्ञानिक समाजवाद, दर्शनशास्त्र र राजनीतिक अर्थशास्त्रमामाओले विकास गर्नुभयो।लेनिनवाद साम्राज्यवादतथा सर्वहारा क्रान्तिको युगको मार्क्सवादहो।लेनिन र स्टालिनले अगाडि बढाएको साम्राज्यवाद विरोधी सङ्घर्षलाई माओले अगाडि बढाउनुका साथै साम्राज्यवादीयुगमा देखा परेका कैयौँ नयाँ विशिष्टताको आधारमा त्यसको सैद्धान्तिक,राजनीतिक तथा सङ्गठनात्मक व्याख्या समेत गर्नुभयो।माओले औपनिवेशिक तथा अर्ध (नव) औपनिवेशिक व्यवस्था भएका मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्व नयाँ जनवादी क्रान्ति र त्यो क्रान्ति विश्व समाजवादी क्रान्तिको अभिन्न अङ्ग हुने माक्र्सवादी प्रस्थापना विकास गर्नुका साथै त्यसलाई चीनको सन्दर्भमा लागु समेत गर्नुभयो।नयाँजनवादीक्रान्तिविश्व सर्वहारा समाजवादीक्रान्तिको अङ्ग हुन्छ।यसले साम्राज्यवाद अर्थात् अन्तर्राष्ट्रिय पुँजीवादको दृढतासाथ विरोध गर्दछ।
३. माओको नयाँ जनवादी क्रान्ति र त्यो क्रान्ति विश्व सर्वहारा समाजवादी क्रान्तिको अभिन्न अङ्ग हुने प्रस्थापनाले विश्वकाऔपनिवेशिकतथाअर्ध (नव) औपनिवेशिक मुलुकमा चल्ने साम्राज्यवाद र देशीय सामन्तवाद विरोधी सङ्घर्षलाई पथप्रदर्शकको काम गरिरहेको छ जुनमुलुकमा पुँजीवादको विकास भएको छ, त्यस्ता मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमाअर्थात् सर्वहारा वर्गको नेतृत्वमा समाजवादी क्रान्ति हुन्छ।तर जुन मुलुक पिछडिएका छन्; उद्योग धन्धाको विकास भएको छैन;आधुनिक सर्वहारा वर्गको सङ्ख्या कम छ वाकिसानको बाहुल्यता छ; त्यस प्रकारको देशमा कम्युनिस्ट पार्टीको भूमिका के हुन्छ ?कम्युनिष्ट पार्टी पुँजी र सर्वहाराको विकास नहुँदा सम्म प्रतिक्षा गरेर बस्छ वाकम्युनिस्ट पार्टीको नेतृत्वमा किसान लाई आधार भूतवर्गको रूपमा अगाडि बढाएर क्रान्तिको अभिभारा पूरा गर्छ ? जस्ता आधारभूत र नितान्तनयाँ समस्याको समाधानमाओले अगाडि सार्नुभयो।
४. किसान पिछडिएको वर्ग मानिन्छ।सोभियत समाजवादीक्रान्तिमाकिसानलाई कुनै क्रान्तिकारी वर्गको रूपमा अगाडि सारिएको थिएन।तर माओले चीनको विशिष्टतामा किसानलाई क्रान्तिको आभार भूतवर्गको रूपमा अगाडि सार्नुभयो । कम्युनिस्ट पार्टीले किसानहरुका माझअथक परिश्रम गरेरउनिहरुलाई सर्वहाराकसत गरेर क्रान्तिमा गोलबन्द गर्न सकिने मात्रहोइन कि त्यो वर्ग क्रान्तिको आधारभूतवर्ग हुने मान्यता अगाडि सार्नुभयो।त्यो सिद्धान्तको विकास गरेर नयाँजनवादीक्रान्तिको सिद्धान्त र कार्यक्रम प्रस्तुत गर्नुका साथै त्यसको कार्यान्वयनसमेत गरेर देखाउनुभयो।
नयाँ जनवादी क्रान्तिले दुई वटा आभिभारा पूरा गर्दछ।साम्राज्यवादी उत्पीडनको तख्ता पल्टाउन राष्ट्रिय क्रान्ति गर्नु तथा सामन्तीतथाजमिन्दार वर्गको उत्पीडनको तख्ता पल्टाउन जनवादी क्रान्ति गर्नु क्रान्तिका मुख्यअभिभारा हुन्।माओले यसलाई नयाँजनवादी क्रान्तिको नाम दिए । नयाँ जनवादी क्रान्तिकोे व्याख्या गर्दै माओले भनेका छन्– “यो नौलो जनवादी गणतन्त्र एकातिर पुरानो जनवादी स्वरूपको र पहिले नै थोत्रिइसकेको पुँजीपतिवर्गको अधिनायक तन्त्रअन्तर्गत रहने युरोपेली–अमेरिकाली स्वरूपको पुँजीवादी गणतन्त्रभन्दा बेग्लै खालको हुने छ भने अर्कोतिर,सोभियत सङ्घमा फक्रिइसकेको र निसन्देह सबै पुँजीवादी देशमा स्थापना गरिने तथा सबै औद्योगिक दृष्टिले विकसित देशमा राज्यसत्ता र सरकारी ढाँचाको प्रधान स्वरूपबन्ने सोभियत सङ्घजस्ता समाजवादी गणतन्त्रभन्दा पनि यो बेग्लै खालको हुने छ ।सोभियतखालको सरकारको ढाँचा औपनिवेशिकतथाअर्धऔपनिवेशिक देशमाक्रान्तिको निम्तिभने खास ऐतिहासिककालमा सबै औपनिवेशिक र अर्धऔपनिवेशिक देशमाक्रान्तिमा एउटा तेश्रो स्वरूपको राज्यसत्ताअर्थात् नौलो जनवादी राज्यसत्ताअपनाउनैपर्छ । यो एउटा खास ऐतिहासिककालकानिम्ति सुहाउँदो राज्यसत्ताको रूप हुनाले यो सङ्क्रमण कालीन हुन्छ ।क्रान्तिको धार सामन्यतयापुँजीवाद र पुँजीवादीनिजी सम्पत्तिको विरुद्ध नसोभm्याइने हुनाले चिनियाँक्रान्तिको वर्तमान चरणको स्वरूप सर्वहारा समाजवादीनभएर पुँजीवादी–जनवादीहो ।”
५. तेश्रो विश्वकामुलुक, जहाँपुँजीवादको विकास भएको छैन;किसानको बाहुल्यता छ; मजदुर वर्गको विकास भएको छैन;त्यहाँको क्रान्तिलाई माओको विचारले पथप्रर्दशकको कामगर्दछ ।हाम्रोजस्तो मुलुकमामाओका योगदानले कति धेरै महत्त्व राख्दछ भन्ने कुरा प्रष्ट छ ।यो क्रान्तिकारी प्रस्थापनाकोप्रयोगकोअभावमाविश्वमाचल्ने साम्राज्यवादतथा सामन्तवादविरोधी सङ्घर्षले सफलताप्राप्त गर्न सक्दैन । एसिया, अफ्रिकातथा ल्याटिन अमेरिकाअन्तर्गतकाकतिपयमुलुकमाविगतदेखि चल्दै आएका आन्दोलन सफलतामा नपुग्नु त्यसका उदाहरण हुन् ।
६. माओले दर्शनशास्त्रको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याउनु भएको छ । संसारको व्याख्या सबै दार्शनिकले गरेका छन्, तर मुख्य कुरा समाजलाई परिवर्तन गर्नु हो भन्ने मार्क्सवादी प्रस्थापनालाई केन्द्रमा राखेर नै माओले दर्शनको विकास र प्रयोगमा ध्यान दिएको पाइन्छ।मार्क्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको व्यावहारिक प्रयोग गरेर नै चिनियाँ समाजमा विद्यमानअन्तर्विरोधलाई पक्रिने,पार्टीभित्र देखा पर्ने वैचारिक समस्यालाई समाधान गरेर क्रान्ति सम्पन्न गर्नुभयो।दर्शनको विषयमामाओको प्रष्ट मान्यता थियो कि “व्यावहारिक अभ्यास बिनाको दर्शनको कुरा गर्नु समय बर्बाद गर्नु मात्रै हो ।” माओ विश्वविद्यालय गएर किताब देखि किताब सम्म अर्थात् विचार देखि विचार सम्म सीमित रहने कुराको विरोधी हुनुहुन्थ्यो।पार्टीभित्र र समाजमा देखा परेका समस्यालाई समाधान गर्न माओले द्वन्द्वात्मक भौतिकवादी दर्शनको व्यावहारिक प्रयोगमा नै जोड दिनुभयो।त्यस सन्दर्भमा माओले लेखेका दर्शनसम्बन्धीदुई वटा निबन्ध“व्यवहारबारे” र “अन्तरविरोधबारे” विशेष रूपले महत्त्वपूर्ण रहेका छन् । राजनीतिक अर्थशास्त्रको क्षेत्रको विकासमा समेत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमामाओको विशेष योगदान रहेको छ।जनवादी क्रान्ति सम्पन्न भएपछि नियन्त्रित प्रकारको पुँजीवादलाई अगाडि बढाउँदै समाजवादी अर्थतन्त्र विकास गरेर समाजवादलाई सुदृढ तुल्याउने कार्य गर्नुभयो।
७.माओले मार्क्सवाद–लेनिनवादको व्यावहारिक प्रयोगको सवालमाहमेसा ठोस परिस्थितिको ठोस मूल्याङ्कनमा जोड दिनुभयो ।उहाँले मार्क्सवादी सिद्धान्तकोे अन्धनक्कलवा जडसूत्रवादको रूपमा ग्रहण गर्ने कुराकोहमेसा विरोध गर्नुभयो । माओले चिनियाँ समाजको विशिष्टतानुरूप माक्र्सवाद–लेनिनवादको व्यावहारिक प्रयोगमाध्यान दिएको कारण नै चीमानयाजनवादी क्रान्ति सफल भयो । यो सवालमा माओको मान्यतालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । “मार्क्सवाद एउटा सार्वभौम सत्य हो, जसको प्रयोग सार्वभौम रूपमा गरिन्छ । हामीले यस कुरालाई स्वीकार्नैपर्दछ।तर यो सार्वभौम सत्य प्रत्येक राष्ट्रको क्रान्तिको ठोस प्रयोग सँग गाँसिनुपर्दछ ।चिनियाँ जनताले चिनियाँ क्रान्तिमा यसकारणले विजय प्राप्त गरे; किनभने, उनीहरूले माक्र्सवादलाई स्वीकार गरे; र, त्यसलाई चिनियाँक्रान्तिको ठोस व्यवहारसँग गाँसे ।” तर विश्वकाकतिपयमुलुकमायसको ठिक उल्टो प्रवृत्ति पाइन्छ । मार्क्सवादलाई आफ्नो मुलुकको विशिष्टतामा प्रयोग गर्नुको सट्टा जडसूत्रको रूपमा ग्रहण गर्ने गरिन्छ, जसको परिणामस्वरूप कम्युनिस्ट आन्दोलनले क्षति बेहोर्नुपरिरहेको छ ।
८. माओले आधुनिक संशोधनवादको विरुद्ध भिषण सङ्घर्ष गरेर माक्र्सवादको रक्षामा जोड दिएकाथिए । रुसको बिसौँ पार्टी महाधिवेशनमा ख्रुस्चेभले आधुनिक संशोधनवादी बाटो समातेपछि अन्तर्राष्ट्रिय स्तर माओले नै त्यसका विरुद्ध क्रान्तिको झण्डा उठाएर माक्र्सवादको रक्षाकालागि महत्त्वपूर्ण योगदान पु¥याएकाथिए । यद्यपि पार्टीभित्रपनिमाओले संशोधनवादीविचारका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै उग्रवामन्थीतथा दक्षिणपन्थी अवसरवादका विरुद्ध सङ्घर्ष गरेर माक्र्सवादको रक्षामा जोड दिनुभएको थियो ।
९. माक्र्स र लेनिनले समाजवादीव्यवस्थामापनिवर्गको अस्तित्वविभिन्न रूपमाकायम रहने कुरालाई सैद्धान्तिक रूपमा स्वीकार गरेका छन् । त्यही सिद्धान्तको आलोकमातथा रुसको समाजवादीव्यवस्थाको अनुभवबाट शिक्षालिँदै माओले समाजवादभित्रपनिवर्गको अस्तित्वकायम रहने हुँदावर्गसङ्घर्षको आवश्यकतामा जोड दिँदै सर्वहारा वर्गको अधिनायकत्वभित्रपनिवर्गसङ्घर्षलाई सञ्चालन गर्नुभयो । माओले पार्टी र सरकारका विभिन्न पद ओगटेर बसेका छद्मभेषी, पुँजीवादी र संशोधनवादीका विरुद्धमहान् सर्वहारा सांस्कृतिकक्रान्ति सञ्चालन गर्नुभयो । यो महान् सर्वहारा सांस्कृतिकक्रान्तिलाई समाजवादभित्र सञ्चालन गरिएको वर्गसङ्घर्ष उत्कर्षको रूपमालिन सकिन्छ । यद्यपिचीनमा सर्वहारा सांस्कृतिकक्रान्तिअसफलभयो । सर्वहारा सांस्कृतिकक्रान्तिको पक्षधर नेताहरूलाई जेलमा कोच्ने कामभयो । तर सर्वहारा सांस्कृतिकक्रान्तिको अत्यन्तै ठुलो महत्त्व छ ।
१०.क्रान्तिकारी सङ्घर्षमा कार्यनीति र रणनीतिको महत्त्वलाई माओले गहन रूपले व्याख्या गरेका छन् ।उहाँले कार्यनीति र रणनीतिबिच उचित सन्तुलनकायम गरेर नै क्रान्तिलाई सफलपार्न सकिने कुरामा जोड दिनुभयो । कार्यनीति र रणनीतिबिच उचित सन्तुलनकायम गर्न नसकेर विश्व कम्युनिस्ट आन्दोलनमाथुप्रै क्षतिपुग्ने गरेको छ । त्यो नेपालको हकमापनि सत्य हो । माओले जापानविरोधी संयुक्त मोर्चामा कार्यनीतिसम्बन्धीहालका समस्या, रणनीतिको सम्बन्धमा, कम्युनिस्ट विरोधी भिषण आक्रमणलाई परास्त गर्ने, पार्टीका वर्तमाननीतिसँग सम्बन्धित केही समस्या, चारैतिर मुक्काप्रहार गर्नेबारे, साम्राज्यवाद र सबै प्रतिकृयावादीहरू कागजी बाघ हुन्जस्ता प्रसिद्ध रचनामाकार्यनीति र रणनीतिको विषयमाविशद् व्याख्या गरिएको छ । यीलेखमाक्रान्तिकालागिआवश्यक पर्ने कार्यनीति र रणनीतिको प्रश्नले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलमापथप्रदर्शकको काम गरेको छ ।
११. माओले सैन्यविज्ञानको विकासमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । चीनमा सङ्गठन र सङ्घर्षको मुख्य स्वरूप सेना र सशस्त्र सङ्घर्ष थियो । यो चीनको विशिष्टता थियो ।किसानलाई सङ्गठित बनाएर तयार गरिएको सेनालाई सर्वहारा चरित्रको सेनामाविकास गरेर जनतासँग घनिष्ट सम्बन्ध राख्नेलायक सेना बनाउने व्यावहारिक उपायसमेत प्रस्तुत गर्नुभयो ।
माओ गुरिल्ला युद्धका गुरु नै मानिन्छन् ।माओले चीनमाकिसानमाझनिर्माण गरेको सेना र सञ्चालन गरेको युद्धको अनुभवले दुनियाँभरिका क्रान्तिकारी युद्धमा मद्दत पु¥याइरहेको छ । त्यसबाट नेपालको क्रान्तिकारी आन्दोलनले पनिथुप्रै शिक्षाप्राप्त गर्न सक्दछ । तर माओले हमेसा यान्त्रिक ढङ्गबाट युद्ध सञ्चालन गर्ने कुराको विरोध गरेका छन् । माओले युद्धसँग सम्बन्धित सबै पक्षको साङ्गोपाङ्गो अध्ययनआफ्ना सैनिक रचनामा प्रस्तुत गरेका छन् । सेनाको गठन, सेनाकालागिआवश्यक पर्ने अनुशासन, राजनीतिककार्यलाई केन्द्रमा राखेर सेना र युद्धको सञ्चालन, सिपाही र अफिसरका बिचको एकता, जनतासँग घनिष्ट सम्बन्ध, युद्धका विभिन्नप्रकार; जस्तै– छापामार र चलायमान युद्ध, युद्धका दौरानआधारक्षेत्रको (स्थानीय सत्ता) निर्माण, गाउँबाट सहर घेर्ने रणनीति तथा दीर्घकालीन जनयुद्धलगायतका विषयमामाओले युद्ध र रणनीतिका समस्या, जापानविरोधी छापामार युद्धको रणनीतिक भूमिका, चीनको क्रान्तिकारी युद्ध र रणनीतिका समस्यालगायतका लेखमामाओले विकास गरेको सैन्यविज्ञान राम्रोसँग अभिव्यक्तभएको छ । युद्धकलासम्बन्धीमाओको ज्ञान शास्त्रीयप्रकारको नभएर चीनमा सञ्चालन गरिएको झण्डै २८ वर्ष लामो सशस्त्र सङ्घर्षमाथिआधारित छ ।
१२. लेनिनवादकाविभिन्नआधारमध्ये पार्टीनिर्माणको प्रश्नपनि एउटा हो । माओले लेनिनवादलाई विकास तथाप्रयोग गर्ने क्रममामाक्र्सवादी सिद्धान्तद्वारा लैस लौह अनुशासनभएको, गुटबन्दीरहित, लडाकु चरित्र भएको कम्युनिस्ट पार्टीको निर्माणमा लगातार जोड दिनुभयो । माओले नयाँजनवादीक्रान्तिको सफलताकालागितीनजादुगरी हतियार हुनुपर्नेमा जोड दिएका छन् । तीहुन– पार्टी, संयुक्त मोर्चा र सेना । यीतीन वटा साधनको अभावमाक्रान्तिलाई सफलतुल्याउन सकिँदैन । कम्युनिस्ट पार्टीनिर्माणको प्रश्न एउटा जटिल प्रक्रियाहो । पार्टीभित्र र बाहिरका गलततत्त्वका विरुद्ध लगातार चल्ने सङ्घर्षको बिचबाट नै सहीक्रान्तिकारी पार्टीनिर्माणको प्रक्रिया अगाडि बढने गर्दछ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको आधारमा नै पार्टी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । सही र वास्तविक कम्युनिस्ट पार्टीनिर्माणको सिलसिलामामाओका रचनाले विश्व कम्युनिस्ट आन्दोलनलाई पथप्रदर्शकको काम गरिरहेको छ ।
पार्टी निर्माणको सिलसिलामामाओले लेखेका लेखहरू; जस्तै– उदारवादको विरोध गर, राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका, हाम्रो अध्ययनलाई सुधारौँ, पार्टीको कार्यशैलीमा सुधार, रूढीगत पार्टी लेखनको विरोध गर, हाम्रो अध्ययन र हालको परिस्थिति, जनवादी केन्द्रियता, पार्टी कमिटीको कार्य पद्धति, पार्टी अनुशासन र एकता, जनवादी केन्द्रियता विशेष रूपले उल्लेखनीय छन् । यी रचनाले पार्टी निर्माणको समस्यालाई समाधान गर्न दिशा निर्देशकको काम गरेको छ ।
विश्व कम्युनिष्ट आन्दोलनमामाओका उपरोक्त पांचवटा योगदानले महत्वपूर्ण भूमिका खेल्नुका साथै पथप्रदर्शनको काम गरेको छ ।यी योगदानहरुले (२२ राजनीतिक दल तथा सङ्घसंस्थाकोकार्यगतएकताकोतर्फबाट १२८औँ माओजयन्तीको उपलक्ष्यमा कैलालीको धनगढीमा २०७७पौष ११ गते आयोजितअन्तरक्रियामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य क. मनोज भट्टद्वारा प्रस्तुतकार्यपत्र)
दारवादको विरोध गर, राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका, हाम्रो अध्ययनलाई सुधारौँ, पार्टीको कार्यशैलीमा सुधार, रूढीगत पार्टीलेखनको विरोध गर, हाम्रो अध्ययन र हालको परिस्थिति, जनवादी केन्द्रियता, पार्टी कमिटीको कार्यपद्धति, पार्टी अनुशासन र एकता, जनवादी केन्द्रियताविशेष रूपले उल्लेखनीय छन् । यी रचनाले पार्टीनिर्माणको समस्यालाई समाधान गर्न दिशानिर्देशकको काम गरेको छ ।
विश्व कम्युनिष्ट आन्दोलनमामाओका उपरोक्त पांचवटा योगदानले महत्वपूर्ण भूमिका खेल्नुका साथै पथप्रदर्शनको काम गरेको छ ।यी योगदानहरुले माक्र्सवाद लेनिनवादको विकास तथाप्रयोगआधुनिक संशोधनका विरुद्धको संघर्षमा नयाआयामथप्ने काम गरेको छ ।माओकाविचारहरुले ठोस परिस्थितीमाथिआधारित कार्यनीतितथा रणनीति तय गर्नशक्तिशाली पार्टी तथा सेनाको निर्माण गरेर नयाजनवादीक्रान्तीको अभिभारा पुरा गर्न वैचारिकरुपले दिशानिर्देश गरेको छ ।
लेखक ः राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज हुनु हुन्छ ।
वाद लेनिनवादको विकास तथाप्रयोगआधुनिक संशोधनका विरुद्धको संघर्षमा नयाआयामथप्ने काम गरेको छ ।माओकाविचारहरुले ठोस परिस्थितीमाथिआधारित कार्यनीतितथा रणनीति तय गर्नशक्तिशाली पार्टी तथा सेनाको निर्माण गरेर नयाजनवादीक्रान्तीको अभिभारा पुरा गर्न वैचारिकरुपले दिशानिर्देश गरेको छ ।
लेखक : राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज हुनु हुन्छ ।
प्रतिक्रिया