प्रधानमन्त्री ओलिको चरित्र अधिनायकवादी : डा. भीम रावल

वीरेन्द्र रावल २०७७ पुष १२ गते २०:३७ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,पौष १२÷ नेकपाका नेता डा. भिम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक चरित्र अधिनायकवादी शैलीको भएको आरोप लगाएका छन्।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समुहका नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथी कुठाराघात गर्दै देशलाई अस्थिरताको बाटोमा धकेलेको आरोप लगाएका छन्।

नेकपा माधव प्रचण्ड समूहले आयोजना गरेको बैठकमा सहभागि हुन आइृतबार धनगढी पुगेका रावलले स्थानीय कर्भडहलमा आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन।

रावलले भने– कानुन र संविधानको उपहास गरेर निरंकुश शैलीमा नयाँ मन्त्री नियुक्त गरेको,काम चलाउ सरकार भएकाले नयाँ मन्त्रीहरु नियुक्त गर्ने अधिकार नभएको समेत बताए।यस्तै पूर्वमाओबादी र एमाले बिच भएको पार्टी एकतामा केपी शर्मा ओलीले अहिले आएर गम्भिर घात गरेको समेत आरोप नेता रावलले लगाएका छन।

ओलीले जनताको बहुदलिय जनबादलाई पार्टी एकता गर्दा खेरी नै छोडेको हुँदा अहिले जनताको बहुदलिय जनबादको अंगाल्न खोज्नु हास्यांस्द रहेको उनको भनाई छ।पार्टीमा विवाद पद र भागबण्डाको नभएको बताउदैं नेता रावलले पार्टी नियम र पद्धतीमा चल्न नसकेको बताए।

’’कोरोना कहरको बेला सरकारलाई पार्टीले पुरा साथ दिएको थियो,’रावलले भने,’तर ओलीले पार्टी फुटाउने बिधेयक ल्याउन खोजे,उनी पहिले देखी पार्टी फुटाउन उद्धत थिए।’’ बालुवाटारमा ओलीले पक्षले गरेको केन्द्रिय समितीको बैठक ओली गुटको भेला मात्रै भएको रावलको भनाई छ।साथै नेता रावलले पार्टीका नेता तथा कार्य कर्तालाई एकबद्ध भएर लाग्न आह्वान गरेका छन।

रावलले भने देशलाई राष्ट्रीयतामाथी कुठाराघात गरेको र निरंकुश शैलीमा पार्टीका गतिविधीहरु अगाडी बढाएकोले त्यसका बिरुद्धमा आन्दोलनमा उत्रिएको धारणा व्यक्त गरेका छन्।अहिलेको सरकार जनताप्रति उत्तरदायी नरहेको बताउँदै नेता रावलले यसको विषयमा नेकपाले गहन रुपमा छलफल गरेर अगाडि बढ्ने बताए ।उनले संविधानको कुनै पनि धारामा प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार नभएको हुनाले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताए।उनले प्रतिनिधि सभा विघटन गरेको हुनाले अनुसानको कारबाही गरेकोमा प्रधानमन्त्रीले लिम्पियाधुरा सहितको नक्सा जारी गरेको हुनाले कारबाही गरेको भनी हास्यास्पद कुतर्क दिने गरेको बताए।उनले पार्टीले पटक पटक दवाव दिएपछि मात्रै बाध्य भएर सरकारले नक्सा ल्याएको बताए।

नेता रावलले पार्टी केन्द्रीय कमिटीमा रहेका ४४१ जना सदस्य मध्ये जनताको बहुदलीय जनवाद छाडेर गएका ओलीको पक्षमा ११५ जना मात्रै रहेको बताए । उनले बहुसंख्यक केन्द्रीय सदस्यहरु आफूहरुसंगै रहेको बताए।उनले मन्त्री बन्ने लोभमा केही जना ओलीतिर गएपनि नेकपा पार्टी कुनै फरक नफर्ने बताए।
देशको सावैधौमिकताको रक्षा र देशमा लोकतन्त्र पुर्नवाहलीका लागि ,प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्दै संसद पुर्नस्थापना हुनु पर्ने रावलको भनाई थियो।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया