प्रदेश सभाले मुलुकको आर्थिक भार थेग्न सक्दैन । प्रदेश सभा मुलुकको लागी घातक छ । मुलुकको लागि दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो । पटक पटकको संसद विघटन र पुष्प कमल दाहालको प्रधानमन्त्री पदबाट को राजीनामाले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ ।
हेटौंडा काठमाडौ सुरुङ्गमार्ग, निर्मला पन्तको हत्याकाण्ड र उखु किसानको आदि आदि जस्ता थुप्रै घटनाहरुको सुनवाइ र समस्या हल गर्न नसक्ने माधवकुमार नेपाल, पुष्प कमल दाहाल, नारायणकाजी श्रेष्ठ र शेर बहादुर देउवा लगायतका नेताहरू आफुहरु सत्ताको स्वाद र सेवा सुविधाहरू खान नपाएपछि जनताहरुलाई झुक्याउन सडकमा आएका हुन अब कतिन्जेल जनताहरुलाई झुक्याउने हो ? जनताहरु पनि कतिन्जेल झुक्किने हो ? कोही पार्टी अध्यक्ष, कोही प्रधानमन्त्री र कोही राष्ट्रपति बन्न नपाएर सडकमा आएका हुन । मुलुक भन्दा ठूलो सत्ता लिप्साको स्वार्थ हावी भएको देखियो ।
राजनीतिक दलहरूका नेताहरुले आजसम्म मुलुकमा निकास नदिएको र संधैभरी मुलुकलाई अनिर्णयको बन्दी बनाई राजनीतिकलाई खाने माध्यम, खाने पेसा र खाने थलो बनाइएकोले अब मुलुकमा यी राजनीतिक दलहरू बाहेकको नयाँ विकल्प मुलुकले खोजेको छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
प्रतिक्रिया