ट्युनिसियामा २० जना आप्रवासी मध्ये ४ जना गर्भवती महिलाहरु डुबेर मृत्यु

इनेप्लिज २०७७ पुष १० गते २२:३८ मा प्रकाशित

उत्तर अफ्रीकाको ट्युनिसियामा २० जना आप्रवासी मध्ये ४ जना गर्भवती महिलाहरुको डुबेर मृत्यु भएको छ । ट्युनिसिया अधिकारीका अनुसार मानव तस्करीको कारण उनीहरुलाई समुद्र-तटमा फेला पारिएको जनाएका छन ।

उनीहरुको शव फेला परेको र अन्य १३ जनाको व्यापक खोज भै रहेको छ । अदालतका प्रवक्ता मौरद टोर्कीका अनुसार उनीहरुलाई ट्युनिशियाको सेफ्याक्स बन्दरगाहमा बिहिबार डुबेको अवस्थामा पाईएको जानकारी दिएका छन् ।

समुन्द्रतट सुरक्षा अधिकारी तथा माझीहरुको सहयोगमा उनीहरुको लाशलाई किनारमा ल्याएको थियो । तिनीहरूलाई सेतो ठूलो झोलाले बेरेर नजिकैको अस्पतालमा शव परीक्षणको लागि लगिएको छ ।

त्यस मध्ये ४ जनालाई उद्धार गरिएको छ भने उक्त डुंगामा ३७ जना यात्रीहरु सवार रहेका थिए । पुरानो र जिर्ण अवस्थामा रहेको उक्त डुंगामा तीन जना ट्युनिसिया र अन्य सहारा अफ्रिकाका आप्रवासीहरु रहेका थिए।

ज्यादै हावा र उच्च छाल आएको कारण डुंगा पल्टेको हुन् सक्ने उनीहरुको भनाई छ ।

श्रोत :एपी/एबिसी न्यूज

प्रतिक्रिया