प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ५ जना मन्त्री नियुक्त,मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने

इनेप्लिज २०७७ पुष १० गते ११:५९ मा प्रकाशित

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

जस अनुसार प्रभु साहलाई श्रम, मणि थापालाई पर्यटन, दावा लामालाई शिक्षा, गौरीशंकर चौधरीलाई खानेपानी र टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्री बनाउने तयारी छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम आज साँझ ७ बजेका लागि तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेकपाभित्रको आन्तरिक विवादका कारण ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ मन्त्री र राज्यमन्त्रीहरु कायम छन् ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।

प्रतिक्रिया