संबिधानसभाको मनशायमाथि गंभीर तुषारापात

टंक पन्त २०७७ पुष १० गते ९:३० मा प्रकाशित

 

देशको ठुलो पार्टी नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तहमा बिबाद आएपछि नयां तरंग आएको छ । जसले गर्दा हरेक क्षेत्र प्रभावित भएको छ । नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच जति हतारमा एकता गरियो त्यत्तिकै हतारमा बिभाजन पनि आएको छ । पार्टी भित्रको बिबादको शिकार जनप्रतिनिधिमुलक निकाय संसद भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रतिनिधिसभा बिघटन भएपछि पछि गत आम निर्बाचनमा सबै भन्दा ठुलो बनेको पार्टी पनि बिभाजित हुनुले आम नागरिकहरुमा नैराश्यता उत्पन्न भएको छ ।बास्तबमा कुनै पनि पार्टी बिभाजित हुनु देश र जनताका लागि राम्रो होइन ।
बिगतमा पनि बिभिन्न कारण देखाएर समय भन्दा अगाबै संसदलाई आर्यघाट पु¥याइएको थियो तर आम नेपालीहरुले त्यो देशका लागि घातक भएको महसुश गरेका थिए ।

नागरिकहरुले गरेको महसुशलाई सबिधानसभाबाट सबिधान बनाउन दीलो ज्यानले लागि पर्ने सबैले अनुभुति पनि गरेका थिए । त्यसैले पनि जनताले दिएको मतलाई ५ बर्ष सम्म उपयोग गर्न पाउने गरी अर्थात निर्बाचनपछि चयन हुने प्रधानमन्त्रीले बिश्वासको मत लिन नसकेको खण्डमा बाहेक संसद बिघटन हुनुहुदैन भन्ने मनशाय सबिधान निर्माताहरुको थियो ।

सबिधानसभाको दुइ कार्यकालको समय अबधिका कुनै पनि बैठक , कुनै पनि समिति र अन्य औपचारिक अनौपचारिक गृहकार्यका बैठकहरु आफु पत्रकारको हैसियतले पनि नछुटाएकाले ती बैठकहरुमा सबैको भाषा एउटै थियो सके सम्म संसद अकालमै मृत्यु शैय्यामा नपुगोस । सबिधानसभाका अध्यक्ष सुवास नेम्वाङ निकै पत्रकार मैत्री पनि हुनुहन्थ्यो यसर्थ पनि पत्रकारहरुलाई धेरै सहज पनि भएको थियो । हरेक बैठकमा हुने छलफलको आशय थाहा पाउन गाह्रो थिएन ।

उहाले सबिधान निर्माणका लागि कसरी सहयोग पुग्न सक्छ भनेर औपचारिक रुपमा भन्नु पर्ने कुरा औपचारिक रुपमा र अनौपचारिक रुपमा भन्नु पर्ने कुरा कोड नगर्ने गरी पत्रकारहरुलाई स्रोतका अनुसार है भनेर पनि सुचना पस्किनुहुन्थ्यो । जसले गर्दा सबिधानसभामा अधिकांश पत्रकारले सबिधान जनताको पक्षमा बनोस, दीर्घकाल सम्म टिक्ने बनोस भन्ने अभिप्रायले रिपोटिङ गर्ने गर्थे । मिडिया हाउसको पनि सोही बमोजिमकै भुमिका थियो । सबिधान निर्माणमा सबिधानसभाका अध्यक्षले आफनो ठाउंबाट खेल्नुभएको भुमिका प्रशसनीय र ऐतिहासिक रहेको तथ्य सबैका सामु छलंग नै छ । स्रोतका अनुसार भनेर सबिधानसभाका अध्यक्ष सुवास नम्बाङले पत्रकारहरुलाई सामग्री दिनुको आशय सबिधान राम्रो बनाउन पत्रकारहरुको भुमिका पनि सधै सकारात्मक होस भन्ने उद्धेश्यमा केन्द्रित थियो ।

सबिधानसभाका दुइ कालभरि मात्र होइन अन्तरिम संसदका बेला पनि प्राय महत्वपुर्ण घटनाक्रमका समयमा दैनिक जसो सुवास नेम्वाङसंग पत्रकारहरुको एकै छिन भएपनि भेटघाट हुने गथ्र्यो र कहिले कांही भेट भएन भने पनि हामीले फोनमा पनि संपर्क गर्ने गथ्र्येौ । उहाले हामीसंग जहिले पनि भन्ने गर्नुहुन्थ्यो संसदले निर्धारित समय अबधि पुरा गर्न पाउनुपर्छ । सबिधानसभाले बनाउने सबिधान सोही अनुरुपको हुनेछ भन्नुहन्थ्यो र सबिधानमा सोही बमोजिमको ब्यबस्था गरिएको कुरा सबिधान जारी भएपछि उहाले नै हामी पत्रकारहरुलाई बडो खुशीका साथ बताउनुभएको थियो । सबिधान निर्माणकै समयमा सबिधानको धारा ७६ का बारेमा सुवास नेम्वाङले ब्याख्या गर्नुभएको पक्ष अहिले पनि झलझली सम्झना आएको छ । त्यतिखेर नै सबै पार्टीका नेता , सबिधानबीद , कानुनबीद सबैले सुवास नेम्वाङकै भाषा बोलेका थिए । जसलाई बौद्धिक जगत देखि सबैले प्रशंसा गरेका थिए ।

त्यो सबिधान आएपछि पहिलो पटक भएको संसद बिघटन बेठिक वा ठीक भन्ने भन्ने हैसियतको म नहुन सक्छु तर सबिधान निमार्णका समयमा अधिकांश सबिधान निर्माता जनप्रतिनिधिले ब्यक्त गरेको भावना र आशय भने अहिलेको जुन कारण देखाएर संसद बिघटन गरियो त्यो नभएको स्मरण भैरहेको छ । सबिधानसभामा भैरहेका छलफलको झल्को आइरहेको छ । त्यो पनि अस्ति मात्रै सेतो पाटीका प्रधानसम्पादक प्रिय मित्र अमित ढकालजीले सबिधधानसभाका अध्यक्ष सुवास नेम्वाङ नेम्वाङज्यूलाई लेखेको चिठीले सबिधानसभा निर्माणका सन्दर्भमा भएका छलफल र नेम्ँवाङले ब्यक्त गर्नुभएका बिचारहरु मेरो पनि वरिपरि घुमिरहेपछि केही लेख्न मन गरे र सम्झनासंगै केही थप गर्न मन लाग्यो । मित्र ढकालजीको सबिधानसभाका अध्यक्षलाई लेख्नुभएको चिठीकै प्रसंगमा पत्रकार एवं लेखक प्रिय मित्र अशोक सिलबाल र म छलफल गर्दै थियोै । अनि थप स्मरण लेख्नुपर्छ भन्ने कुरामा उहाले निकै जोड गर्नुभयो । त्यो पनि आफैमा सकारात्मक पक्ष हो भन्ने लाग्यो ।

संयोग पनि कस्तो भने सेतो पाटीका प्रधानसम्पादक अमित ढकाल र हामी कलेज पढ्दा एउटै घरमा तलमाथि बस्ने गथ्र्यौ । अनामनगरबाट भित्र काठमाडौको मुटु भएपनि दुर्गम मानिने घटेकुलामा रहेको बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको पहिलेको घर अगाडिको घरमा हामी थियौ । बार्दलीबाट दैनिक जसो उहांसंग हेलो हुने गथ्र्यो । हरिबंश आचार्य र उहाकी धर्मपत्नी मीरा आचार्यले हामी कलेज पढनेलाई राम्रो गर्नुपर्छ है भन्ने गर्नुहुन्थ्यो । हरिबंश आचार्यले नजिकै झण्डै झण्डै जोडिएको भन्दा पनि हुन्छ पारी पटिटीको घरबाट के छ भाइहरुको खबर भनी सोध्ने गर्नुहुन्थ्यो । म टंक पन्थ , दाजु कृष्णप्रसाद पन्थ , भाइहरु महादेब पन्थ , रेवती पन्थ, रबि पन्थ एउटै कोठामा बस्थ्यौ । म कलेज पढदा नै समाज दैनिकमा काम गर्न थालेको थिए । त्यसैले तलमाथि बस्ने सबैले पत्रकार पन्तजी भन्ने पनि गर्थे ।

अमित ढकाल र उहाको दाजु राजेश ढकाल हामी भन्दा माथिल्लो कोठामा बस्नुहुन्थ्यो । मित्र अमितजी अमृत साइन्स कलेज पढनुहन्थ्यो ।उहांले त्यतिखेरै मलाई के छ पत्रकारजी खबर भनी सोध्ने गर्नुहुन्थ्यो म दैनिक समाजमा काम गर्न थालेकोले त्यसो भन्नुभएको होला भन्ने हुन्थ्यो खुशी पनि लाग्थ्यो । पत्रकार हुने नै भए कि क्या हो भन्ने हुन्थ्यो । उहांको दाजु आर आर कलेजमा म भन्दा सिनियर हुनुहुन्थ्यो भने मित्र अमितजी केही समय पछि नै एभरेष्ट हेराल्ड अग्रेजी दैनिकबाट पत्रकारिता तिर सक्रिय हुनुभयोे । उहाको दाजु राजेश ढकाल शैक्षिक ब्यबसायतिर लाग्नुभयो ।
हामी संगै बसेका कष्ण दाजु अहिले गृहमन्त्रालयमा हुनुहुन्छ भने महादेब पन्थ , रबि पन्थ प्रदेशका मन्त्रालयमा सचिब छन । रेवती पन्थ दुरसंचार प्राधिकरणमा छन । सोही घरमा माथिल्लो तलामा बस्ने देबबहादुर बोहरा प्रहरी प्रधान कार्यालयमा एसएसपी हुनुहुन्छ ।

अहिले पनि सम्झना आउछ बोहोराजीको खाना बनाउने बेला भएको सो घरभरिकाले सहजै थाहा पाउथ्यौ किनभने उहाले मसला पिस्दा लोहोराले सिलौटामा निकै आवाजका साथ पिस्नुहुन्थ्यो । अनि कुरा हुन्थ्यो बोहाराजीले खाना बनाउन थाल्नुभयो । सोही घर बस्ने मणि गौतम चिकित्सक हुनुहुन्छ भने उहाको दाजु बाबुराम गौतम निजामति क्षेत्रमा हुनुहुन्छ । मैले यहां उल्लेख गर्न खोजेको हामी कलेज पढ्न शुरु गर्दा बहुदलीय ब्यबस्थाको लागि संघर्ष हुदै थियो त्यो संघर्षमा अमित ढकालजी र हामी पनि बिधाथीैका हिसाबले एउटै उदेश्यका लागि लागेका थियौ । खास गरी प्रजातन्त्रका लागि नै हामी एक थियौ । निश्चय नै बिचारका हिसाबले फरक फरक रुपमा रहेपनि पछि पत्रकारिताको मैदानमा भने ब्यबसायिकताको पक्ष्ाँमा एक भयौ र अहिले पनि त्यो क्रियाशीलतामा कमी आएको छैन र ब्यबसायिक पत्रकारिताका लागि हामी संगै छौ । त्यसैले पनि सबिधानसभाका अध्यक्षलाई उहाले लेखेको चिठीपछि मलाई केही स्मरण लेख्न मन लाग्नुको कारण पनि यहि हो ।

लोकतन्त्र र मानब अधिकारका लागि निरन्तर क्रियाशील हुनु नै सचेत नागरिकको धर्म हो । म जहिले देखि पत्रकारितामा लागे त्यसैमा बिना स्वार्थ लागिरहेको छु । मलाई पत्रकारितामा होमिन बरिष्ठ पत्रकार मणिराज उपाध्यायको जति भुमिका थियो त्यत्तिकै रुपमा पत्रकारितामा टंक पन्तको नाम बाटै परिचित बनाउन नेपाल समाचापत्र दैनिक र त्यसका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको प्रमुख भुमिका रहेको छ । पत्रकारिता गर्न थालेपछि मेरो गाउ गुल्मी बलेटक्सार दार्सिबास जादा शुरु शुरुमा नै सबैले पत्रकार भैइएछ नि भन्ने गर्थे । मैले पनि गाउको खबर हाल्दा निकै चर्चा हुने गथ्र्यो । जुन बेला दार्सिबास ,दिगाममा पत्रकारितामा लाग्न चाहना राख्ने भाइबहिनीहरु पनि थिए ।

बास्तबमा भन्ने हो भने मैले रत्नराज्य कलेजमा पत्रकारिता नै पढेको भएपनि पढन शुरु गर्ना साथ पत्रकारिता गरिएला भन्ने थिएन । घरमा गएको बेला थोरै पैसा लिएर आउनु पर्ने अनि महिना चलाउन निकै धौ धौ हुन्थ्यो अनि अलि अलि हात पर्ने जे काम गर्न पाए पनि गर्न हुन्थ्यो । अनि रत्नराज्यमै संगै पढने प्रिय मित्रहरु सोमराज लुइटेल , घमराज लुइटेल दैनिक समाजमा कम्पोज गर्नुहुदो रहेछ । अनि उहांहरु कलेजबाट घर फर्किने बेला कहिलेकाही डिल्लीबजार बाटुलेघर नेर रहेको दैनिक समाजको कार्यालय पस्ने गथ्र्याै जहा बरिष्ठ पत्रकारहरु राजेन्द्र दाहाल , मोहन मैनाली , रघु मैनाली पनि भेट हुनुहुन्थ्यो । उहाहरुलाई देखेर आफुले पनि केही गर्न शुरु गरिहाल्न पाए हुन्थ्यो भन्ने भैरहेको थियो अनि नभन्दै सोम लुइटेलजी र घमराज लुइटेलजीले यतै काम गरौ भन्नुभयो । दैनिक समाजका ब्यबस्थापक ब्रजेश शर्मा दाइले पनि निकै सौहार्दतापुर्बक प्रुफ हेर्ने जिम्मेबारी दिनुभयो । मित्र लुइटेलजीहरुले कम्पोजसंगै समाचार लेख्नुहुन्थ्यो भने मैले पनि प्रुफ हेर्ने काम संगै न्यूज रिपोर्टिङ पनि गर्न थाले । जुन बेला मैले मासिक एक हजार पाउथे । पछि प्रुफ हेर्न छोडेर न्यूज मात्र लेख्न थाले । मित्र लुइटेलजीहरुले पनि कम्पोज छोडनुभयो ।

संसदको रिपोटिैङ घमराज लुइटेलजी र मैले पालै पालो गथ्र्र्योै त्यतिखेर थोरै मात्र पत्रपत्रिका र पत्रकार हुने भएकोले सांसदहरु पत्रकार दीर्घातिर फर्केर बोल्ने गर्थे । त्यति र्र्दािसबास , दिगाममा पत्रकारिता गर्ने एक्लो थिए जस्तो लाग्थ्यो तर अहिले लोकान्तर अनलाइनमा महत्वपुर्ण जिम्मेबारीका साथ क्रियाशील शुशिल पन्त लगायतका एक दर्जन बढी दार्सिबास दिगामका भाइ बहिनीहरु पत्रकारितामा नै जमेर काम गरिरहेका छन । जसले गर्दा आफुलाई पनि गौरबको अनुभुति हुन्छ । आफ्नै गाउको खबर , आफैले पढेको स्कुलको समाचार प्रकाशन गरेर गाउ पठाउदा त्यसको रोनक यति धेरै हुन्थ्यो त्यसको कुनै सीमा नै छैन । किनकि आज भन्दा झण्डै २९ बर्ष अगाडि गाउगाउमा रेडियो टेलिभिजन , पत्रपत्रिका थिएनन । अनलाइन त निकै पछाडिको कुरा भयो । त्यतिखेरको पत्रकारिता र आजको पत्रकारितामा आमुल परिबर्तन भएको छ ।

पत्रकारितामा जति आमुल परिबर्तन भएको छ त्यो अनुसार ब्यबसायिकता हुन अझै बाकी नै छ । राजनीतिक चेतना पनि निकै बढेको छ तर नेताहरु नमिल्दा आम नागरिकहरुले जीबन परिबर्तनको अनुभुति गर्न पाएका छैनन । देशले काचुली फेर्न पाएको छैन ।कम्युनिष्ट पार्टीले झण्डै झण्डै दुइ तिहाइ ल्याउदा पनि जनप्रतिनिधिमुलक निकायलाई उपयोग गर्न सकेनन । जसले गर्दा आज सर्बत्र निराशा छाएको छ । जनप्रतिधिमुलक निकायले तोकिएको समय सम्म किन काम गर्न पाएन ।कस्को कमजोरीले अहिलेको अबस्था आयो त्यो राजनीतिक बिश्लेषकले बिश्लेषण गर्दै छन जो दोषी साबित हुने छ उसलाई इतिहासले माफी दिने पनि छैन .

[email protected]

 

प्रतिक्रिया