सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको पक्षमा आदेश आउने संभावना बढी देखिन्छ ।

इनेप्लिज २०७७ पुष १० गते २:३३ मा प्रकाशित

सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको पक्षमा आदेश आउने संभावना बढी देखिन्छ।पुर्व तयारी अवस्थामा रहन र समयमा तत्काल बुद्धि पुर्याउन के.पी. शर्मा ओलीलाई मेरो सुझाव छ।संसद पुनः स्थापनाको मुद्दा सर्वोच्च अदालतमा परेको छ।सर्वोच्च अदालत बाट संसद पुनः स्थापनाको पक्षमा आदेश आउने संभावना बढी देखिन्छ।यसपछि चारै तिर बाट घेराबन्दी गर्ने काम भएकोले समयमा नै तत्काल बुद्धि पुर्याउन र पुर्व तयारी अवस्थामा रहन के.पी शर्मा ओलीलाई म राकेश कुमार शर्माको सुझाव छ।

हाम्रो मुलुकको लागी संघीयता र प्रदेश सरकार घातक छ जान्ने हो भने के.पी. शर्मा ओलीले तत्काल संघीयतालाई खारेज गर्न कुनै न कुनै आकस्मिक कदम चाल्नुपर्ने देखिन्छ।संघीयता खारेजको आकस्मिक कदमले मुलुक भर नै के.पी. शर्मा ओलीको जय जयकार हुनेछ।यस सुनौलो अवसरलाई नगुमाउन के.पी. शर्मा ओलीलाई मेरो सुझाव छ।

तत्काल के.पी. शर्मा ओली संग दुई विकल्प मात्र रहेको छ।सेनाहरुलाई सत्ता बुझाउने कि राजा ज्ञानेन्द्र शाहलाई सत्ता बुझाउने दुई विकल्प मध्ये तत्काल एक निर्णय लिन आवश्यक छ ।

समयमा नै सेनाहरु र राजा ज्ञानेन्द्र शाह मध्ये कुनै एकलाई सत्ता बुझाई सहयोग र समर्थन गर्न के.पी. शर्मा ओलीलाई मेरो सुझाव र सल्लाह छ।

मुलुकमा रमिता, नाटक मंचन र खेलाची अति नै भयो ? अब समयमा नै सेनाहरुलाई सत्ता बुझाउने कि राजा ज्ञानेन्द्र शाहलाई सत्ता बुझाउने हो तत्काल सत्ता बुझाइ विगतमा गल्ती गरिएका भुलहरु सुधार्न सकिन्छ।सेनाहरु र राजा ज्ञानेन्द्र शाहलाई जसले जसले सहयोग गर्छ उ नै वास्तविक देशभक्त हो।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया