के.पी.शर्मा ओलीलाई समयमा नै तत्काल बुद्धि पुर्याउन मेरो सुझाव ।

इनेप्लिज २०७७ पुष ९ गते १०:५५ मा प्रकाशित

संसद पुनः स्थापनाको मुद्दा सर्वोच्च अदालतमा परेको छ । सर्वोच्च अदालतबाट पक्ष र विपक्षमा के कस्तो फैसला आउँछ कसैलाई थाहा छैन ? अब चारैतिर बाट घेराबन्दी गर्ने काम भएकोले समयमा नै तत्काल बुद्धि पुर्याउन के.पी शर्मा ओलीलाई मेरो सुझाव ।

तत्काल के.पी. शर्मा ओली संग दुई विकल्प मात्र रहेको छ । सेनाहरुलाई सत्ता बुझाउने कि राजा ज्ञानेन्द्र शाहलाई सत्ता बुझाउने दुई विकल्प मध्ये तत्काल एक निर्णय लिन आवश्यक छ ।

समयमा नै सेनाहरु र राजा ज्ञानेन्द्र शाह मध्ये कुनै एकलाई सत्ता बुझाई सहयोग र समर्थन गर्न के.पी. शर्मा ओलीलाई मेरो सुझाव र सल्लाह छ ।

मुलुकमा रमिता, नाटक मंचन र खेलाची अति नै भयो ? अब समयमा नै सेनाहरु र राजा ज्ञानेन्द्र शाहलाई सहयोग गरेर विगतमा गल्ती गरिएका भुलहरु सुधार्न सकिन्छ । सेनाहरु र राजा ज्ञानेन्द्र शाहलाई जसले जसले सहयोग गर्छ उ नै वास्तविक देशभक्त हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया