शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:०५
वासिङटन डिसी 03:20

गायिका अन्जु पन्तको ‘मैले रुँदा ” भिडियो सहित

इनेप्लिज २०७७ पुष ६ गते ४:०० मा प्रकाशित

काठमाडौं ।सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा युवा युवती विचमा रहने प्रेम र घातलाई कलात्मक रुपमा समेटिएका कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार हिराकाजीले बताए । मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले देखाइएको छ।

उत्तम हुमागाईँको छायाँकन ,अनिल रानाको सम्पादन तथा हिराकाजी थापाको निर्देशन भिडियोमा रहेकोे छ।गीतको भिडियोमा लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको छ । गीतको भिडियो काठमाडौँ उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो।

‘मैले रुँदा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया