
नेपाली गीत संगीतमा थप नयाँ सांगीतिक कोशेली लिएर गीतकार विनोद सापकोटाको उदय भएको छ । गायक सिडी विजय अधिकारीको स्वरमा सजिएको गीतको संगीत भने अर्जुन थापाले गर्नु भएको छ । काठमाण्डौ भक्तपुर र यसको आसपासलाई आधार बनाई लेखिएको प्रेमील गीतको शब्दकार भने विनोद सापकोटा हुनुहुन्छ । नेपाली गीत संगीतमा पहिलो कदम स्वरुप उहाँको पहिलो सांगीतिक कोसेली हो हावा चल्यो सिरीसिरी ।
गीतको भिडियोमा गायक अधिकारी स्वयंले मोडलको भुमिकामा हुनुहुन्छ भने दीपा शाहीले साथ दिनु भएको छ । क्यमेरामा उत्तम हुमागाईले आफ्नो कौशलता देखाउनु भएको छ । भिडियो निर्देशन भने रोशन विश्वकर्माले गर्नु भएको छ । गीत ओएसआर डिजिटलको युटुव बाट विश्वव्यापी रिलिज गरिएको छ।
प्रतिक्रिया