
अमेरिकी सेनाले इरानद्वारा प्रक्षेपण गरिएका थुप्रै एकतर्फी आक्रमण गर्ने मानव रहित यान (ड्रोन)हरूलाई आकाशमै ध्वस्त पारेको छ। अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार राति यस कुराको जानकारी दिएको हो।
“इरानले हर्मुज जलडमरू भएर चलि रहेका व्यापारिक जहाजहरूमाथि आक्रमण गर्ने उद्देश्यले थुप्रै एकतर्फी मानव रहित यान (ड्रोन)हरू उडाएको थियो,” सेन्ट्रकमले सामाजिक सञ्जालमा लेखेको छ। “अमेरिकी सेनाले पछिल्ला केही घण्टामा ती सबै मानव रहित यान (ड्रोन)हरूलाई सफलतापूर्वक खसालेको छ र अहिले उक्त समुद्री मार्गमा जहाजहरूको आवतजावत बिनाकुनै अवरोध निरन्तर चलिरहेको छ।”
अमेरिकी सेनाले यस रणनीतिक समुद्री मार्गमा जहाजहरूलाई लक्षित गरी पठाइएका इरानी मानव रहित यान(ड्रोन)हरू खसालेको यो लगातार दोस्रो रात हो।
प्रतिक्रिया