
सन् २०२६ को विश्वकप भकुन्डो प्रतियोगिताना क्यानडाले आफ्नो घरेलु मैदान ‘बीसी प्लेस भ्यानकुभर’ मा कतारविरुद्ध निकै शानदार र ऐतिहासिक जित हात पारेको छ।
बिहीवार भएको यस खेलमा क्यानडाले कतारलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
खेलको सुरुदेखि नै क्यानडा निकै आक्रामक देखिएको थियो। खेलको १६ औँ मिनेटमा काइल लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए।
त्यसपछि २९ औँ मिनेटमा जोनाथन डेभिडले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए। मध्यान्तर अघि डेभिडले व्यक्तिगत दोस्रो गोल गरेपछि क्यानडा ३-० ले अघि रह्यो।
मध्यान्तर पछि पनि क्यानडाको दबदबा कायमै रह्यो। खेलको ४८ औँ मिनेटमा जोनाथन डेभिडले ३ गोल गर्दै टोलीलाई ४-० को स्थितिमा पुर्याए। कतारका लागि यो खेल निकै चुनौतीपूर्ण रह्यो, किनकि उनीहरूले खेलका दौरान दुई जना खेलाडी गुमाउनुपर्यो। कतारका खेलाडी अहमद र मादिबो रेड कार्ड(रातो पत्र) खाँदै मैदान बाहिरिएपछि कतार ९ खेलाडीमा सीमित भएको थियो।
खेलको ६४ औँ मिनेटमा नथानील सालिबाले गोल गरे भने ७५ औँ मिनेटमा कतारका खेलाडी मोहम्मद मनाइको ‘आत्मघाती गोल’ ले क्यानडाको स्कोर ६-० पुग्यो।
क्यानडाको तर्फबाट यो प्रदर्शन निकै प्रभावकारी थियो, जसले उनीहरूको विश्वकपको अघिल्लो चरणमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ।
यो जित क्यानडाका लागि विशेष छ किनकि यो पुरुष विश्वकपमा क्यानडाको पहिलो ऐतिहासिक जित हो।
खेल हेर्न आएका हजारौँ समर्थकहरू आफ्नो टोलीको यस उत्कृष्ट प्रदर्शनबाट निकै उत्साहित देखिएका थिए।
प्रशिक्षक जेसी मार्सको रणनीतिअनुसार टोलीले आक्रमणमा निकै धारिलो प्रदर्शन गर्दै कतारलाई खेलमा फर्किने कुनै मौका दिएन।
यस जितसँगै क्यानडाले समूह ‘बी’ मा आफ्नो स्थान निकै बलियो बनाएको छ।
प्रतिक्रिया