संसद् विघटन हुने बित्तिकै बिरोध जुलुस सुरु

इनेप्लिज २०७७ पुष ५ गते १२:४६ मा प्रकाशित

काठमाडौ । नेपाल  संसद् बिघटन भए पछि बिरोध जुलुस सुरु हुन् थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विभिन्न दलहरु र उनीहरुका भ्रातृ संगठनले विरोध प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघ, विवेकशील र अनेरास्ववियुका कार्यकर्ताले बानेश्वर र माइतीघरमा प्रदर्शन गरेका हुन् । नेविसंघले ओलीको कदमविरुद्व माइतीघरमा कोणसभा गरेको छ भने अनेरास्ववियु र विवेकशीलले संयुक्त रुपमा ओली कदमविरुद्ध नारावाजी गरेका छ्न ।

संसदमा झन्डै दुइतिहाइ बहुमत प्राप्त दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद विघटन गराएका छन ।

प्रधानमन्त्री ओलीले संसदको ५ वर्षे कार्यकाल पुरा हुनुअघि नै संसद् विघटनको प्रस्ताव गरेपछि राष्ट्रपतिले सरकारको उक्त प्रस्ताव प्रमाणित गरेकी थिइन् । संसद भंग भै सकेको छ भने आगामी अर्को साल वैशाख १७ र २७ गते आम निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया