युरोपका पाँच एनआरएन र पत्रकार महासंघ युरोपको भव्य कार्यक्रम मन्त्री जगत बहादुर सुनारको साथमा

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ पुष ५ गते ०:०५ मा प्रकाशित

युरोपका पाँच सक्रिय एनआरएन एनसीसीहरु युके,अष्ट्रीया डेनमार्क,आयरल्याण्ड र स्पेनको संयुक्त प्रयासमा युरोप क्षेत्रीय सम्मेलन सकिएको करिब दुइमहिना पछि दृष्टिविहीन र शारीरिक दुर्बल भएका युबाहरु लै प्रोत्साहन गर्न आज एक भर्च्युअल कार्यक्रमको आयोजना गरियो। नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्रि श्री जगत बहादुर सुनार बिश्वोकर्माको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता एनआरएन युकेको उदयमान अध्यक्ष श्रीमती पूनम गुरुङले गरेकी थिइन। गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको र युवा संयोजक हिमाल गुरुङको आतिथ्यता रहेको थियो।यस स्वागत मन्तब्य एनसीसी आयरल्याण्डकी अध्यक्ष मिलन छन्त्यालले गरेका थिए भने कार्यक्रमको संचालन अष्ट्रीयाका युवा संयोजक दिनेश वैद्यबारले गरेका थिए। युरोप भित्रका विभिन्न देशका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो | यस कार्यक्रमलाई एनआरएनएको फेसबुक पेज र अन्य अनलाइन पोर्टलका पेजहरु बाट प्रत्यक्ष प्रसारण गरिएको थियो | यूके,अष्ट्रीया,डेनमार्क,स्पेन र आयर्ल्याण्डका गैरआवासीय नेपाली संघहरु र नेपाल पत्रकार महासंघ यूरोप शाखा मिलेर गरिएको यस कार्यक्रमको चर्चा धेरै अगाडी देखि भएको थियो भने ´विभिन्न क्षेत्रबाट यस कार्यक्रमलाई चासोका साथ प्रतीक्षा गरिएको थियो।

“गैरआवासीय युवाको पहिचान सामाजिक,राष्ट्र निर्माणमा युवा अभियान” भन्ने नारा लिएर शुरु आयोजित कार्यक्रमको प्यानलिष्टमा डेनमार्कबाट कलरफुल स्याडोजकि संस्थापक अनुजा गौतमले आफ्ना प्रतिबेदन प्रस्तुत गर्दै नेपालमा दृष्टिविहीनलाई गरिने हेयको व्यवहारको चर्चा गर्दै भनिन्, दृष्टिविहीनलाई नेपाली समाजले अझै पनि बाटोमा बसेर गीत गाउदै पैसा माग्ने भिखारी नै सम्झिञ्छ र अझै दृष्टिविहीन महिलाहरुलाई ठुलो समस्या रहेको चर्चा गर्दै आफुले २०१६ मा स्थापना गरेको संस्था कलरफुल स्याडोले अपांगहरुको हितमा गरेको र गर्न खोजेको कम र उदेश्य बारे चर्चा गरिन।एनआरएनए अभियन्ताहरुबाट पाएको सहयोग र समर्थनको समेत प्रसंशा गरेकी थिइन् ।सबैको सानो त्याग र सहयोगले नेत्रहिन समुदायमा ठुलो प्रेरणा र गर्व मिल्ने अनुजाको भनाई थियो । ब्लाईण्ड रक्सकी संस्थापक श्रृष्टि केसीले आफ्ना अनुभव र अपाङ्ग युबाहरु मात्र नभई सबलांग युबाहरुलाई समेत जीवन उपयोगी मन्तव्य दिइन।उनले भनिन, जीवन मरण एउटा चक्र हो युवाहरुको तीनवटा सी ( Challenge , Chances , Change ) ले युवाहरुलाइ अवसर प्राप्त हुने बताइन।एकतामा नै बल देख्ने सृस्टिले एक थोपा पानी समुन्द्रमा बिलाएर जान्छ तर त्यहि एक थोपा पानी पातमा राखेमा चमक दिने भएकाले हामी पात माथिको पनि हुन चाहन्छौ त्यसमा सबैको सकारात्मक सोच हुन जरुरि रहेको उनको बिचार व्यक्त गरिन् । नेपालका चर्चित सामाजिक अभियान्ता रमेश प्रसाईंको प्राबिधिक समस्याका कारण पटक पटकको प्रयासमा समेत जुममा जोडिन सकेनन।आयोजकका अनुसार उनलाई कार्यक्रम जोड्न अन्तिम समयसम्म प्रयास गरिएको तर पछि टेलिफोन सम्पर्क समेत हुन सकेन।

२०१६ मा स्थापना गरेको कलरफुल स्याडोज २०१६ कै एनआरएनको युरोपियन भेलामा गरेको प्रस्तुतिले प्रशंसा पाएको थियो र २०१६ मा एनआरएन अभिएन्ताहरु बाट ठुलो रकमको सहयोगको आश्वासन पाएकी तर वाचा गरिएको रकम हालसम्म पनि सबै नपाएको आवाज बेलाबेलामा उठ्ने गरेको छ।आज आयोजित यस कार्यक्रम समेत एनआरएन युवाहरुले सोहि संस्था कलरफुल स्याडोलाइ आर्थिक सहयोग गर्न र दोश्रो पुस्तालाइ एनआरएन अभियानमा जोड्न आयोजना गरेको बुझिएको छ।एनसीसीहरुले प्रत्येकले कम्तिमा पनि ४०० युरो जम्मा गर्ने र आगामी शुक्रवार २५ डिसेम्बर सम्म एनआरएन डेनमार्कलाइ उपलब्ध गराउने र हस्तान्तरण गरिने योजना रहेको छ।अन्य दानवीर मनकारीहरुले समेत एनसिसी डेनमार्कलाई सम्पर्क गरी कलरफुल स्याडोलाई आर्थिक सहयोग गर्न सक्छन।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्रि माननीय जगत बहादुर बिस्वकर्माले नव नेपाल निर्वाणमा युवाहरुको सहभागितामा अपरिहार्य रहेको भन्दै युवाहरुले आ-आफ्नो शिप र ज्ञान बोकेर मातृभूमि फर्कन आग्रह गर्दै नेपाल सरकारले युवाहरुका लागि अवसरका सिर्जना गरेको जनाकारी गराउदै आयोजकलाई शुभकामना साथै धन्यबाद दिएका थिए |ईरेव्स् त्यसैगरी विशिष्ट अतिथि एनआरएन आइसीसी केन्द्रीय अध्यक्ष कुमार पन्त, नर्डिक रिजनका महामहिम राजदूत युब नाथ लम्साल, एनआरएन आइसीसी युवा संयोजक हिमाल गुरुङ र पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।

महिला नेतृत्व रहेको एनआरएन युके यस कार्यक्रम प्रमुख योजनाकार रहेको र अन्य चार एनसिसिहरु अष्ट्रीया, डेनमार्क, स्पेन, आयरल्याण्ड र पत्रकार महासंघ युरोपले यसलाई मुहुर्तरुप दिएका थिए। कार्यक्रमको योजना किन र कसरी गर्नु भयो भनी सोधिएको प्रश्नलाई लक्षित गर्दै, आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रमहरुलाई निरन्तता दिने सोच रहेको र अन्य एनसीसीहरुलाई पनि यसले सामाजिक कार्यमा अघि बढ्न उदाहरण दिएको जानकारी एनसीसी अष्ट्रीया अध्यक्ष बिनोद चौलागाईं, डेनमार्क अध्यक्ष रबिन्द्र खड्का, आयरल्याण्ड अध्यक्ष मिलन छन्त्याल, यु के अध्यक्ष पूनम गुरुङ र स्पेनका दिनेश गुरुङबाट प्राप्त भयो।

युवाहरु के चाहन्छ त भनी गरिएको प्रश्नमा यस कार्यक्रमलाई प्राविधिक सहयोग गर्ने डेनमार्कका युवा संयोजक शशि श्रेष्ठ, सहजकर्ता दिनेश बैदवार र स्पेनकी महिला संयोजक समी गुरुङको भनाइ पनि एनसीसीहरु बीच सहकार्य टुट्न नहुने र नया योजनाहरुलाई निरन्तर दिनुपर्ने भन्ने छ।युकेका आईसीसी रामशरण सिंखडाले नया पुस्तालाई अवसर प्रदान गर्न सकेमा मात्र गैर आवासिय नेपाली संघको अभियानले पुर्णता पाउने र वर्तमान नेतृत्व यस मामिलामा डटेर लागेको विचार कार्यक्रमको समाप्ति पछि यस कार्यक्रमको उद्देश्य के हो भनी पत्रकारले सोधेको प्रश्नको उत्तरमा बताउनु भयो।

यस कार्यक्रममा आइसीसी महासचिब डा हेमराज शर्मा,युरोप संयोजक नारायण आचार्य, युरोप उपसंयोजक कृष्ण तिमिल्सिना, मुक्त गुरुङ लगायत धेरै अभियन्ताहरुको थियो।

बाबा राजेश्वरी थापा

भियना, अस्ट्रिया

प्रतिक्रिया