चोरीएका मोटरसाईकल सहित चोहरुहरु सार्वजनिक

वीरेन्द्र रावल २०७७ पुष ४ गते १९:२२ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,पौष ४।कैलाली जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा एकैपटक मोटरसाईकल चोरहरुलाई शनिवार सार्वजनिक गरेको छ।

चोरीएका मोटरसाईकल र चोरहरुलाई शनिवार जिल्ल प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।जस अनुसार कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनाका साथ साथै उनिहरुले चोरेका ७ वटा मोटरसाईकल समेत शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको जनाएको छ।पक्राउ परेकाहरु विगत लामो समय देखि कैलाली जिल्लामा मोटरसाईकल चोरी गर्ने
कार्यमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी एवं नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालीका वडा नम्बर २ का १९ वर्षीय अर्जुन बिष्ट,सोही ठाउँको जि.पि अटोपार्टसका संचालक २२ वर्षीय पारस बिष्ट,२० वर्षीय यमराज बिक,२२ वर्षीय राजेश चौधरी,३० वर्षीय बिदुर लामिछाने र २० वर्षीय विकास सुवेदी रहेका छन।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मालपोत कार्यालय अगाडी पार्किङ गरि राखेको से३प ३७४ नम्बरको मोटरसाईकल चोरी भएको खबर प्राप्त भएपछि प्रहरीले खोज तलास गर्दैै जादाँ अन्य ६ जनालाई समेत ७ वटा मोटरसाईकल सहित पक्राउ गरेको हो।

घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानी बस्ने अर्जुन बिष्ट मालपोत अगाडीबाट चोरेको मोटरसाईकल चलाई रहेको अवस्थामा पहलवानपुर बाट पक्राउ परेका थिए।सोही घटनामा थप अनुसन्धान गरी अन्य व्यक्तीहरुको खोज तलास गर्दा ६ जना पक्राउ परेका हुन।

५ वटा मोटर साईकलको सवारी धनी खुल्न आएको र सवारी धनीको जाहेरीको आधारमा पक्राउ परेका ६ जना बिरुद्ध मोटरसाईकल चोरी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२ वटा मोटर साईकल धनी खुल्न नआएको हुँदा ईन्जिन चेसिस नम्बरको आधारमा पहिचान गरी दिन आग्रह गरिएको छ।कैलाली जिल्लामा पटक पटक मोटरसाईकल चोरीका घटनाहरु बाहिर आउने गरेका भएपनि ठूलो संख्यामा प्रहरीले चोर पक्राउ गरेको सम्भवतः पहिलो पटक भएको बताइएको छ।चोरहरुले चोरी गरेका मोटरासाईकलहरु प्रायजसो कैलालीका पहाडी गाउँपालिका भित्र बस्ती देखि लिएर कञ्चनपुर हुँदै सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाहरुमा समेत बिक्री वितरण गर्ने गरेको बताइएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया