ठाडो उजुरी दर्ताको व्यवस्था हुनुपर्ने–न्यायिक समिति

इनेप्लिज २०७७ पुष ४ गते १४:५२ मा प्रकाशित

विराटनगर,४ पुस(रासस): प्रेम विवाह गरी कुनै प्रमाण नभएको अवस्थामा सम्वन्ध विच्छेद श्रीमानले छोड्दा अंश प्राप्त लागि प्रहरी समक्ष उजुरी दर्ता समस्या भएको यहाँ आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन्।

मोरङ न्यायिक सञ्जालद्वारा आज यहाँ आयोजित न्यायिक सेवाको प्रभावकारिता वृद्धिका लागि अदालत र न्यायिक समिति वीचको साझेदारिता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले वहुविवाह,अन्तरजातिय विवाह एवं सम्वन्ध विच्छेद,नागरिकताको उमेर सच्चाउने विषयमा सम्वन्धित कार्यालयबाट उचित राय सुझाव प्राप्त नहुंदा न्याय सम्पादनमा समस्या आएको बताउनु भएको छ।

उहाँहरुले मोरङका कतिपय पालिका दुर्गम स्थानमा भएकाले वडावाट केन्द्रमा आउन सार्वजनिक यातायातको भाडा अध्याधिक भएकोले ठाडो उजुरी सम्वन्धित वडामा दर्ता गराउने व्यवस्था हुनुपर्नेमा सुझाव दिनु भयो।

उनीहरुले यस्ता कार्यक्रममा स्थानीय प्रशासन प्रमुख, प्रहरी प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले मुलुक बनाउन हामी सवैले परिवर्तन राजेमा मात्र सम्भव हुने बताउदै आउने बिरोध र अवरोधलाई समाधान गरी अगाडि वढेमा सफलता प्राप्त हुनेछ भन्नु भयो।

उहाँले ‘परिवर्तनका सम्भाहक बनौ’र ‘न्यायिक समितिलाई दफा ४७(१० वमोजिम प्राप्त क्षेत्रअधिकारका’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

विराटनगर नगरपालिकाका प्रमुख भीम पराजुलीले घरेलु झैझडा,सीमा अतिक्रमण,आर्थिक लेनदेन आदि क्षेत्रमा पालिकाले न्याय सम्पादन इमान्दारीका गरेकोले समाजमा सकारात्मक प्रभाव परेको विचार व्यक्त गर्नु भयो।

प्रदेशका मुख्य न्यायिधवक्ता चुडामणि आचार्यले प्रदेश र स्थानीय तह वीच न्यायिक समन्वय र सम्वन्ध विषयक कार्यपत्र प्रस्तुत गर्दै न्यायमा गुणस्तरीय पहुच हुनुपर्ने मान्यता रहेको बताउनु भयो।

 

मोरङ न्यायिक सञ्जाल समितिका संयोजक एवं महानगरका उपप्रमुख इन्दिरा कार्कीले न्याय सम्पादन गर्दा विभिन्न क्षेत्रबाट दवाव आउने गरेको बताउदै कानून हेरेर व्यवहारिक रुपमा न्याय दिने गरेको विचार व्यक्त गर्नु भयो।

मोरङका १७ पालिकाका न्यायिक समितिका संयोजक एव उपप्रमुख, न्यायिक समितिका सदस्यहरु र कानूनी सहयोगी गरी ५० जनाको सहभागिता रहेको थियो।

 

मोरङ,४ पुस(रासस): मोरङ न्यायिक सञ्जालद्वारा शनिबार विराटनगरमा आयोजित न्यायिक सेवाको प्रभावकारिता वृद्धिका लागि अदालत र न्यायिक समिति वीचको साझेदारिकता विषयक अन्तरक्रिया कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ कार्यपत्र प्रस्तुत गर्दै।।तस्बीर:मनोज दाहाल, रासस विराटनगर

 

प्रतिक्रिया