वन प्राविधिक संघको अध्यक्षमा दिनेश यादव

वीरेन्द्र रावल २०७७ पुष ४ गते १४:३० मा प्रकाशित

धनगढी,

वन प्राविधिक संघ कञ्चनपुरको भेला शनिवार कञ्चनपुरको बाँणी सव वन डिभिजन कार्यालयकोे हातामा सम्पन्न भएको छ।

वन प्राविधिक संघ ( नेफ्टा) का केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका संयोजक पूर्ण शंकर यादवको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दै वनकर्मीहरुको पेशागत हक हितको पक्षमा नेफ्टाले आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउँदै जिल्लामा कार्यरत वन प्राविधिकहरुले जनताको सेवा प्रवाहा प्रभावकारी भूमिका र्निाह गर्नु पर्ने बताए।

जेष्ठ सदस्य गोपाददत्त जोशीको अध्यक्षतामा सम्पन्न भएको भेलाको बन्द शत्रले कुण्डा सव वन डिभिजन कार्यालय कञ्चनपुरका प्रमूख एवं सहायक वनअधिकृत दिनेश कुमार यादवको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमितिको गठन गरेको छ।

भेलाको बन्द शत्रले समितिको उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमशःमहेश्वरी भटट्,शिवराज अवस्थीर नविन सिंहलाई चयन गरेको छ भने अन्य सदस्यहरुमा प्रकाश जोशी,करुणा जोशी,दुर्गेश धामी,बालमुकुन्द भटट्,जीवन भण्डारी र देबेन्द्र बहादुर चन्द सदस्य रहेको जिल्ल कार्यसमितिको चयन गरेको छ।
सम्पन्न भेलामा अतिथीमा जीवछ यादव,चन्द्र भण्डारी,लोकराज दाहलगोविन्द मियाँ अन्सारी लगायतका व्यक्तीहरु अतिथीको रुपमा सहभागि रहेका थिए।

-वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया