नेपालमा एकैदिनमा कोरोनाबाट ७१० जना संक्रमित

इनेप्लिज २०७७ पुष ४ गते १२:४९ मा प्रकाशित

नेपालमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७ सय १० जना पुगेको छ । पछिल्लो २४ घण्टामा उक्त संख्या पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ७५ जना संक्रमित निको भएर अस्पताल मुक्त भएका छन् ।

यस संगै कोरोना जितेर घर फर्किनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख ५३ हजार १ सय ८४ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा अहिले ८ हजार ८ सय ४० जना एकान्तवास (आइसोलेसन) र ४२१ जना स्वयम निगरानी (क्वारेन्टिन)मा रहेका छन् ।

प्रतिक्रिया