नेपालमा एकै दिनमा ७७६ जना कोरोनाबाट संक्रमित ,६ जनाको मृत्यु

इनेप्लिज २०७७ पुष २ गते १२:०१ मा प्रकाशित

नेपालमा एकै दिनमा ७ सय ७६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बितेको २४ घण्टामा ६ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण हुँदा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ६३ जना संक्रमत थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४७ जना निको भएका छन् । बिगत २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमित ९ हजार ५ सय ८० जना रहँदा १ हजार ७ सय ४९ जना संक्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोरोना निको हुने दर ९५.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया