अमेरिकामा एकैदिनमा सर्वाधिक कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ,सर्वाधिक ३६५६ जनाको मृत्यु

इनेप्लिज २०७७ पुष २ गते ११:३४ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४७ हजार ३ सय ५७ पुगेको छ । यसै गरी एकैदिनमा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ५६ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत मंगलबार डिसेम्बर १६ का दिन २४ घण्टामा लिइएको हो । महामारीको सुरु भए देखि मृत्यु हुनेको संख्या र संक्रमित हुनेको संख्या अहिले सम्म कै उच्च हो ।

लगातार ४४ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नयाँ कोभिड-१९ बाट संक्रमितहरु थपिदै गै रहेका छन् । गत डिसेम्बर १६ का दिनको तथ्याङ्क अनुसार अस्पतालमा भर्ना हुने कूल संख्या १ लाख १३ हजार ६९ पुगेको छ । महामारी भए देखि यता यो सर्वाधिक हो ।

हाल सम्म कूल १७ करोड १ लाख ९ सय ७ जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ५८ लाख ११ हजार १ सय ७ पुगेको छ । हाल सम्म कूल मृत्यु हुनेको संख्या ३ लाख १२ हजार ५४ पुगेको छ ।

श्रोत : जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया