लायन्स क्लबद्वारा ॐ वृद्धाश्रमका आमाबुबाहरूलाई नाना तथा खाना वितरण

इनेप्लिज २०७७ मंसिर २६ गते १२:१७ मा प्रकाशित

देवकी न्यौपाने।

भक्तपुर, मङ्सिर २५।मध्यपुर ठिमी नगरपालिका वडा नं.२ का वडाध्यक्ष राम थापामगरले वृद्धाश्रद्धाहरूलाई लक्षित गर्दै लायन्स क्लबहरूले कार्यक्रम राखेकोमा मुग्धकण्ठले प्रशंसा गर्दै कोभिड–१९ बाट जेष्ठ नागरिक, शारीरिक रुपमा अशक्तहरू बढ्दा प्रभावित भएको हुनाले आगामी दिनमा लायन्स क्लबले यस्ता कार्यक्रमहरू आयोजना गर्न वडाले समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

लायन्स क्लबका चिफ एडभाइजर मनश्री बज्राचार्यले लायन्सले सामाजिक एवं साँस्कृतिक परिवर्तनका लागि अनवरत रुपमा क्रियाशील रहेको बताउँदै सम्पूर्ण क्लब तथा लायन्सहरूलाई रचनात्मक कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

लायन्स क्लब अफ रोज र लायन्स क्लब इन्द्रावतीको संयुक्त आयोजनामा ॐ वृद्धाश्रममा रहेका आमाबुबाहरूलाई नाना तथा खाना आज वितरण सम्पन्न गरेको छ । उनीहरूलाई पछ्यौरा, टोपी, मोजा, गलबन्धीलगायतका न्यायो कपडा वितरण गरिएको थियो।सो कार्यक्रममा लायन्स क्लब अफ रोजका फष्ट भीपी पार्वती कार्कीको जन्मोत्सवको अवसरमा वृद्धावृद्धाहरूमाझ केक काटेर हर्षोल्लासका साथ मनाइएको थियो।

लायन्स क्लब अफ रोजका प्रेसिडेन्ट सुनिता मरहठ्ठा शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब इन्द्रावतीका कार्यक्रम संयोजक हरिभक्त हेक्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

मध्यपुर ठिमी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राम थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा जेष्ठ नागरिक ८९ वर्षकी विष्णुमाया बानियाँ, लायन्स क्लबका चिफ एडभाइजर मनश्री बज्राचार्य, क्लष्टर चिफ विष्णु कँडेल, रिजन च्यायरपर्सन सुष्मा कोइराला, लायन्स क्लब इन्द्रावतीका चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेत, फष्ट भीपी मदनकृष्ण सिलवाल, सेक्रेटरी विशालप्रसाद पौडेल, समाजसेवी दीपक कोइराला, विनोद सुवेदी, ॐ वृद्धाश्रमको व्यवस्थापक गणेशमान श्रेष्ठ लगायत ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया