मानव अधिकार कर्मीले नागरिकको जीवीका पार्जन क्षेत्रका कार्य गर्नुपर्छ– मन्त्री घिमिरे

मनोज दाहाल २०७७ मंसिर २५ गते २२:१५ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर,२५ मङ्सिर।प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानवअधिकारकर्मीले नागरिकहरुको जीवीकोपार्जन क्षेत्रमा कार्य गर्नुपर्ने बताउनु भएको छ।

‘महामारीमा मानव अकिाकारः स्वास्थ्य सेवामा सवैको पहुँच विस्तार’ नाराका साथ मानवअधिकार सञ्जाल र महिला मानव अधिकार रक्षक सञ्जाल विराटनगरद्वारा ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा दुई मानव अधिकारकर्मी मणि अर्याल र विष्णु शर्मा पन्तलाई सम्मान गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

मन्त्री घिमिरेले आजको मुख्य चुनौति भनेको जीवीकोपार्जन,स्वास्थ्य,महिला हिंसा,बाल विवाह,असमानतासंग जोडिएकालाई प्राथमिकतामा राखेर कार्य गर्न सवैलाई आग्रह गर्नु भयो।

उहाँले निजी अस्पतालले यो त्यो बहानामा अनुचित शुल्क लिई नागरिकलाई प्रताडित गरेकोमा त्यसको अनुगमन गरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्दै सङक्रमितको उचित र गुणस्तरीय उपचारका लागि प्रदेश सरकार एडडियु, आईसियु र भेन्टिलेटर सहितको थप दुई सय बेडको अस्पतालमा सञ्चालनमा चाँडै सञ्चालनमा ल्याउने कार्य गरिरहेको जानकारी दिनु भयो।

उहाँले कोरोना खोप उपलव्ध हुनासाथ विधि वनाएर अग्रपङतिमा खट्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,बालक,वृद्ध र दीर्घ रोगीलाई प्रमुख प्राथमिकतामा राख्ने बताउनु भयो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मोरङको मिक्लाजुङ्गमा चन्दा नदिएको कारण शिक्षक हत्या गरिएकोमा भर्त्सना गर्दै अपराधीलाई कानून अनुसारको कारवाहीको लागि माँग गर्नु भयो।

उहाँले नागरिकको मानवअधिकार रक्षाका लागि दीगो रुपमा एकजुट भई लड्न आग्रह गर्दै राजनीति मुद्दामा राजनीति रुपमा र अपराधीलाई कानून अनुसार कारवाही गर्न सरकारसंग आग्रह गर्नु भयो।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले शिक्षक राजेन्द्र श्रेष्ठ हत्यारा आतंककारी भएको उल्लेख गर्दै हत्या र आतंक सिर्जना गर्नेलाई प्रोत्सान नगरी एक स्वरमा मानव अधिकारकर्मीले विरोध गर्नु बताउनु भयो।

मानव अधिकार सञ्जालका अध्यक्ष डिगवहादुर घिमिरे, महिला सञ्जालकी प्रदेश संयोजक मन्जिता उपाध्याय, सम्मानति मानव अधिकारकर्मी रक्षकहरु मणि अर्याल,विष्णु शर्मा पन्त,नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल मानव अधिकार कर्मीले अरुको आवाज विहीनको हक अधिकारलाई कायम गर्न सदैव कार्य गर्नुपर्ने बताउनु भयो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया