क्याम्पसको प्रवेशद्धार हुँदै चटकपुर जोड्ने सडकको शिलान्यास

वीरेन्द्र रावल २०७७ मंसिर २५ गते १४:२३ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,मंसिर २५÷ बहुप्रतिक्षित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य बिहीबार बाट धनगढीमा सुरु भएको छ।

परियोजनाको यो नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट–चटकपुर सडकको शिलन्यास गरेसंगै सडक निर्माणको काम अगाडी बढेको छ।धनगढीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने कार्यक्रमको रुपमा यो परियोजनालाई लिईएको छ।धनगढीका बाहिरी सडकहरु बिस्तार तथा कालोपत्रे बनाईसक्दा पनि क्षेत्रीय शहरी विकास परियोजनाको पर्खाईमा मुख्य बजार क्षेत्रका सडक बिस्तार गर्न सकिएको थिएन।

एसियाली विकास बैंकको सहयोगमा संचालन भैरहेको क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारकालागि २०१५ मा सम्झौता भएको थियो।सम्झौता भएको भएको लामो समय हुदा पनि सडक निर्माणको काम अगाडी बढ्न सकेको थिएन , नगरप्रमुख वडले भने,‘आज निकै खुसी छु सपनाको परियोजनाले काम सुरु गरेको छ।’

सन् २०१५मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्धरुपमा हुने नगरप्रमुख वडले बताए।

पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ, नगरप्रमुख वडले भने,अव चाँडै दोश्रो चरणका सडक निर्माणका लागि टेन्डर हुदैछ । पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपीयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ।

पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले ७ वटा सडक निर्माण गर्ने छ।

जस अन्तरगत चरणमा गुल्म –चर्च रोड २ हजार ७ मिटर) , धनगढी मेन रोड ,ट्राफिक चौराहा देखि –कैलालीनाला १ हजार ३ सय ८० मिटर,हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल ७ सय मिटर),क्याम्पस रोड– चटकपुर ३ हजार ६ सय ५० मिटर,धनगढी – खुटीया स्याउले रोड ८ सय ७० मिटर मालपोत रोड ४ सय ३० मिटर र हसनपुर रोड १ हजार १ सय ५० मिटर) रहेका छन्।

क्षेत्रीय सहरी विकास आयोजना धनगढी विकासको सपना बोकेको आयोजना हो नगरप्रमुख वडले भने,त्यसैले नगरवासीको सपना पनि यस आयोजना संग जोडिएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत धनगढीमा सडकको शिलन्यास गरेपछि नगरप्रमुख वड निकै प्रफुल्लीत मुद्रामा देखिन्थे।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरको विकासका लागि नगरवासीले हातेमालो गर्नुपर्ने बताईन।उनले भनिन्,ठूलो आयोजना हो कार्यान्वयनमा सबैले सहयोग गरौं।

उप–प्रमुख भट्टले क्षेत्रीय शहरी विकास आयोजनाले लैङ्गिक अवधारणालाई पनि आत्मसाथ गरेर काम गरिरहेको बताईन।क्षेत्रीय शहरी विकास आयोजना उप–ब्यबस्थापक श्याम चन्द्र बुढाथोकीले समयमै काम निर्धारित समयमा नै काम सम्पन्न हुनेमा ढुक्क रहेको बताए।उनले भने,सुरुमा ठेक्का प्रकृयामा केहि समस्या भएर काममा केहि ढिलाई भएको हो , सबै काम समयमा सम्पन्न हुनेमा ढुक्क छौं।

धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनियर डिजराज भट्टले सडक बिस्तारका लागि स्थानीयहरुले पनि सहयोग गर्न थालेको बताए।उनले भने, सडक क्षेत्रधिकार भित्र पर्ने संरचना भत्काउने घरधनीलाई सम्मान गर्ने,करमा छुट गर्ने, भत्काईएको घरनक्सामा छुट दिने,रंगरोगनमा सहयोग गर्ने जस्ता कार्यक्रमहरु ल्याएका छौं।सडक सिलन्यास कार्यक्रमको अध्यक्षता धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार थापाले गरेका थिए।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया