नेपालबाट ३ मानब अधिकारकर्मीहरु सम्मानित

इनेप्लिज २०७७ मंसिर २५ गते ११:५० मा प्रकाशित

भारतमा रहेको अन्तर्राष्ट्रिय मानब अधिकार संगठनले १० औ अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार २०२० को अवसर पारि बिभिन्न देशका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

यसै क्रममा नेपालबाट ३ मानब अधिकारकर्मीहरुलाई सम्मानको लागि छनौट गरेको छ । विभिन्न कार्यबाट नेपाली समाजलाई योगदान पुराउदै आउनु भएका क्याप्टेन विजय लामालाई विश्व शान्ति तथा मानवता नेतृत्व पुरस्कार(ग्लोबल लिडरशिप फर पिस एण्ड ह्युमानिटि अवार्ड २०२०)लिली थापालाई अन्तर्राष्ट्रिय साहसी महिला २०२० बाट सम्मानित गरेको छ।

यसै गरि अपरा थापा भट्टराईलाइ जूरी(निर्णायक समिति) सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयन संगै नेपालबाट भट्टराई उक्त समितिमा परेकी हुन् । उनि “अन्तर्राष्ट्रिय साहसी महिला २०१९ ” बाट पुरस्कृत भै सकेकी छिन ।

यो पुरस्कार मानव अधिकार परिषदको सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो। यो व्यक्ति,विश्व शान्ति नेताहरू,व्यवसाय नेता,संस्था,संगठनहरूलाई जसले मानवअधिकार र मानवतामा सेवाको संरक्षण र प्रबर्द्धनको लडाईमा असाधारण नेतृत्व देखाउँदछ उसलाई प्रदान गरिन्छ ।

ईनेप्लिज परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना !

प्रतिक्रिया