प्रदेश न. १ मा २५१ डिस्चार्ज, १२३ सङ्क्रमित थपिए

इनेप्लिज २०७७ मंसिर २१ गते १७:२४ मा प्रकाशित

विराटनगर,२१ मङ्सिर।पछिल्लो २४ घण्टामा प्रदेश न.१ मा ४६ जना महिला सहित १२३ जना कोरोना सङ्क्रमित थपिएका छन्।

थपिएका सङ्क्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४,झापामा ३७, सुनसरीमा १५,इलाममा ११,ताप्लेजुङमा दुई,तेह्रथुम,भोजपुर र उदयपुरमा एकएक र प्रदेश बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसैगरी,सोही अवधिमा होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४,मेची अस्पतालबाट आठ र न्युरो अस्पतालबाट पाँच, विराट मेडिकल कलेजबाट एक जना सहित २५१ जना डिस्चार्ज भएका छन्।हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार १५० पुगेको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार १७० पुगेको छ भने सक्रियम सङ्क्रमितको सङ्ख्या पाँच हजार २० जना रहेको मन्त्रालयले जनाएको छ।

आज प्रदेशमा ७४३ जना सहित कुल एक लाख ९६ हजार ७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाई छ।

प्रतिक्रिया