नेपालमा एकैदिनमा १४२९ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ मंसिर १७ गते ११:५२ मा प्रकाशित

नेपालमा एकैदिनमा १ हजार ४ सय २९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिगत २४ घन्टामा उक्त संख्या पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय जनाको कोरोना परीक्षण हुँदा महिला ५ सय ६५ र पुरुष ९ सय २५ जनासहित थप १ हजार ४ सय ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६७ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । हाल सम्म देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ रहेको छ ।

यसै गरि निको हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । हाल सम्म मृतकको कुल संख्या १ हजार ५ सय ३८ पुगेको छ ।

यसैबीच देशभर सक्रिय संक्रमित १६ हजार ४ सय ५७ जना रहेका छन् भने हालसम्म कोरोना निको हुने दर ९२.३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया