आमा र सिमाना

जगन्नाथ पाैडेल, अमेरिका २०७७ मंसिर १६ गते २३:५५ मा प्रकाशित

सुस्ताइरहेका

देउरालीका वरपीपलले भने,

समसाँझै उनी

फुटेका फुस्रा पाइलाहरूमा

भित्र रुँदै बाहिर हाँस्तै

यतैबाट ओरालाे लागिन्

पाइला सुस्तसुस्त चालिन्

तर कत्ति बाेलिनन्

यता च्यातिएकाे उता फाटेकाे

बेलाकुबेला ढाँटिएकाे

घाइते सिमानाले भन्याे,

एकाबिहानै उनी

च्यातिएकाे चाेली लुकाउँदै

खाेलीतिर झरिन्

सुकेका फुटेकाओठहरू देखिन्थे

तर शब्दहरू थिएनन्

नदीछेउ बगरले भन्याे,

यही ढुंगामा बसेर उनी

नदीभरि रुन्थिन्

भक्कानाे फुटाएर

सायद नदी

उनकै आँसुकाे लागि बगिरहेछ ।

-जगन्नाथ पाैडेल, अमेरिका

 

 

प्रतिक्रिया