प्रदेश १ मा २२८ कोरोना सङ्क्रमित थपिए,९१ जना निको भएर घर फर्के

इनेप्लिज २०७७ मंसिर ८ गते २२:२४ मा प्रकाशित

विराटनगर,८ मङ्सिर।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २२८ जना कोरोना सङ्क्रमित थपिएका छन्।उक्त अवधिमा गरिएको ९८५ जनाको पिसीआर परीक्षणमा ८० महिला र १४८ पुरुषमा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका सङ्क्रमितमा झापामा ९२,सुनसरीमा ५१, मोरङमा ३५ मध्ये विराटनगरमा २४, संखुवासभामा ११,ताप्लेजुङमा १०,खोटाङमा चार, इलाम, उदयपुर र धनकुटामा तीन÷तीन,तेह्रथुम र भोजपुरमा एक÷एक तथा प्रदेश बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ५१८ पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या २० हजार ९९० छन् ।प्रदेशमा आज ९१ जना डिस्चार्ज भएको बताइएको छ । डिस्चार्ज हुनेमा होम आइसोलेसशनका ८७ जना छन्।अहिले पनि प्रदेशमा चार हजार ५२८ सक्रिय सङ्क्रमित छन्।

यस प्रदेशमा अहिलेसम्ममा कुल एक लाख ८४ हजार ३९९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया