भाइ मारेर नपुगेर गाइ नि मार्न थालेउ !
एकै चिहान पर्ने गरि भिरैबाट फालेउ।
न त खा थिए तिम्रो बाली न त तिम्रो अन्न
कस्तो आत्मा तिम्रो कठै जाओ मार भन्न !
थुनबाट दुध झर्दा सम्म तिनलाई दुहि खायौ
भोको पेटमा लौरो लगाइ हलो तान्न लायौ
पुरा भयो आफ्नो स्वार्थ घाँडा भए तिनी
आमा सरि पुजेका ति दुधै समेत दिनि!
अटेनन् ति कठै आज तिम्रा बस्ति माँझ
गौमाताको हत्या गर्ने आयो कस्तो राज !
प्रकृतिको चक्र हो याे सबको आउछ दिन
बेला तिम्रो नभइकन् काल नि आउन्न लिन!
समयको गतिसङ्गै उमेर बढ्दै जाँदा
तिमी पनि घाँडै होउला बुढ्यौलीले खाँदा।
बुढेसकालमा तिम्लाई पनि गाइलाई जस्तै गरि
बृद्धाश्रममा लान्छौ भन्दै कोचि टड्क भरि
घाँडो सम्झि यसै गरि बिच बाटोमा फाल्दा
कृष्णभिरको बाटो लगि त्रिशुलीमा हाल्दा!
कस्तो होला तिम्लाई पनि गाइलाई जस्तै गर्दा
मध्यरातमा घुसुल्टिएर खोला भरि पर्दा
गाइको मात्रै के कुरा भो कुकुरैलाइ पनि
मान्छे खटाइ चुट्दै मार्छौ तिन्लाई गनि- गनि!
पक्रिएका कुकुरलाई नि कठै छानि- छानि
चौबाटोमा कुटि मार्छौ चिरपटले हानि!
नाटक गर्दै पुज्छाै अझ गाइ र कुकुर दुबै
सनातनि धर्म भन्दै अर्थ लाँउदै खुबै!
टिठै लाग्दाे यस्ताे ब्यबहार के हाे तिम्रो लक्ष?
धर्म निरपेक्ष हाे कि; शर्म निरपेक्ष?
-अर्जुन राज पन्त ,बाग्लुङ मुलपानी
(ब्यङ्ग्य कवि पन्त पहिलाे नेपाली ब्यङग्यकाब्य’ काेइली ‘का समेत लेखक हुन
प्रतिक्रिया