राजतन्त्रको पक्षमा गणतन्त्रका विरुद्धमा नारावाजी सहित र्याली प्रदर्शन

वीरेन्द्र रावल २०७७ मंसिर ४ गते २२:५४ मा प्रकाशित

वीरेन्द्र रावल,

नेपालका लोकतान्त्रिक पार्टी र तीनका सम्बद्ध जनसंगठनमा आबद्ध युवाहरुमा दलहरु प्रति विस्तारै वितृष्णा जगाई रहेको त होईन भन्ने भान हुनेगरी विहबिार धनगढमिा मोटर साइकल र्याली प्रदर्शन गरिएको छ।

’देश बेच्न पाईदैंन,गणतन्त्र चाहिदैंन’भन्दै धनगढीमा सयौंको संख्यामा मोटरसाईकल र्याली प्रदर्शन गरिएको छ।

प्रदर्शनको मुख्य उद्देश्य नेपाल हिन्दु राष्ट्र र राष्ट्रियताको पक्षमा राज संस्था मात्रै एक मात्र विकल्प भएको भन्दै राजसंस्था पुनःस्थापनको माग गर्दै प्रदर्शन धनगढीको बुद्ध चौक देखि लिएर गोदावरी नगरपालिकाको अत्तरिया सम्म मोटर साईकल र्याली प्रदर्शन गरिएको थियो। राजसंस्था पुनःस्थापनको माग गर्दै बिहीबार धनगढीमा र्याली प्रदर्शन गरिएको छ।स्वतन्त्र देश भक्त नागरिक सुदूर पश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल र्याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन भएको हो।

धनगढीको बुद्ध चोकबाट सुरु भएको र्याली निर्माणाधिन ६ लेन सडक हुँदै अत्तरिया सम्म पुगेको थियो।भने धनगढीको चौराहामा पुगेर कोणसभा गरिएको थियो।र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन्।

र्यालीमा हजारौं मोटरसाइकल सहित राजसंस्था पुनःबाहालीका पक्षधरहरुको उल्लेख्य सहभागिता रहेको थियो।

र्यालीमा सहभागि युवाहरु जमात फरक फरक राजनीतिक दलसम्बद्ध रहेका थिए ।

उनिहरुको सहभागिताले दलहरु र तीनै तहका सरकारहरुको कार्यशैली अनि व्यवहारबाट आजित रहेको भान हुनेगरि र्यालीमा सहभागिता देखिन्थ्यो।नेपालका राजनीतिक दलहरु र तीनका भात्रृ संगठनहरका पछिल्ला गतिविधीहरुमा आपसी एकता,समन्वय।छलफल नभएकै कारण पनि युवाहरुमा आफु सम्बद्ध दलहरु प्रति कतै नैराष्यता बढेको त होईन भन्ने कुराको भान हुन थालेको उनिहरुका अभिव्यक्तिले दशाईरहेको छ।

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया