विराटनगर,३० कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन्।
उक्त अवधिमा गरिएको ४२६ जनाको पीसीआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सङ्क्रमितहरुमा मोरङमा २९ मध्ये विराटनगरमा १८,सुनसरीमा २४, ताप्लेजुङमा सात,ते¥हथुम र धनकुटामा छ÷छ, झापामा पाँच, इलाममा चार, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन्।
यस प्रदेशमा आज १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १७ हजार ९३१ पुगेको मन्त्रालयले जनाएको छ।
यस प्रदेशमा हालसम्म एक लाख ७८ हजार ५०५ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ।
प्रतिक्रिया