उद्योगी राउत–नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

इनेप्लिज २०७७ कार्तिक २७ गते ११:०४ मा प्रकाशित

विराटनगर,२७ कात्तिक।विराटनगरका उद्योगी राजेन्द्र राउतले नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारण सभाको लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ।

महासंघको प्रदेश उपाध्यक्ष समेत रहनु भएको राउतले आगामी मङसिर ११,१२ र १३ गते हुन गईरहेको साधारणसभामा हुने निर्वाचनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो।

मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष रहनुभएका राउतले महासंघको प्रदेश केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनु हो।राउत मोरङ व्यापार संघको तर्फबाट उम्मेदवार हुनुभएका छ।

उद्योगी राउत विभिन्न उद्योग व्यवसायमा संग्लन हुनका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय लागिरहनु भएको छ।

प्रदेश नं १ सरकारद्वारा कोरोना भाइरस नियन्त्रण,रोकथाम लागि स्थापित उपचार कोषमा रु १० लाख,विराटनगर महानगरपालिकाले पिसीआर मेशिन खरीदकालागि स्थापित कोषमा रु सात लाख,असहाय तथा रोजगार गुमाएका मानिसलाई खाना खुवाउन रु एक लाख सहित नागरिक केयर सेन्टरद्वारा कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्रका आइशोलन केन्द्रमा नगद र भौतिक सामाग्री सहयोग गर्नु भएको छ।

राउतको राउत कन्ट्रक्सन, अन्नपूर्ण सिमेन्ट,सांग्रिला चप्पल सहितका विभिन्न उद्योग र व्यवसायहरु सञ्चालनमा छन्।

प्रतिक्रिया