आयुर्वेदको माध्यमबाट मुलुकमा ठुलो रोजगारी सिर्जना गर्नुपर्ने–मन्त्री घिमिरे

मनोज दाहाल २०७७ कार्तिक २६ गते १२:२० मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२६ कात्तिक।प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आयुर्वेदको विकास एवं संरचना स्थापनाबाट मुलुकमा ठूलो रोजगारी सिर्जना गर्न सकिने बताउनु भएको छ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा यहाँ आयोजित तीन दिने आव २०७६।७७ को स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको आज समापन गर्दै उहाँले जडिवुडी उत्पादन,प्रशोधन, थेरापी,योग प्रशिक्षकको माध्यमबाट जेष्ठ नागरिक,युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्ध कायम गर्नु पर्नेमा जोड दिनु भयो।

उहाँले सरकारले हाम्रो मौलिक पद्धति भएको आयुर्वेदको प्रवद्र्धन,विकास र विस्तारमा प्राथमिकता दिनु पर्ने बताउदै हुदै सङ्घीय,प्रदेश र स्थानीय सरकारले यसलाई महत्वपूर्ण साथ स्थान दिन आग्रह गर्नु भयो।

मन्त्री घिमिरेले नेपाल भारतीय आयुर्वेद उत्पादनको ४० प्रतिशत बजार भएको जानकारी दिदै यसलाई सच्चाउन स्वदेशी उत्पादनको विकास र बजार प्रवद्र्धन र अनुसन्धानमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको जोड दिनु भयो।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आयुर्वेद कार्यालयहरुले गुणस्तरीय सेवा प्रदान गरी जनतामा यसको महत्वका सम्वन्धमा सूचना प्रवाह गर्न आग्रह गर्नु भयो।स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले आयुर्वेद कार्यालयले समाजको हितका लागि नमूना कार्य गर्न जोड दिनु भयो।

गोष्ठीमा १४ जिल्लाका आयुर्वेद कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले आफ्नो कार्यालयका गत वर्ष नागरिकलाई प्रदान गरेको सेवाका सम्वन्धमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया