प्रचण्डका अंगरक्षक मुनाललाई पक्षघातः उचार नपाएर अवस्था गम्भीर, उपचारको लागि सहयोग अपिल

इनेप्लिज २०७७ कार्तिक २६ गते १०:४१ मा प्रकाशित

२०७७ कार्तिक २६ गते।

काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डका अंगरक्षक तुलबहादुर घर्ती ‘मुनाल’ को पक्षघातका कारणले स्वास्थ्य अवस्था गम्भीर भएको छ।जनयुद्धका क्रममा प्रचण्डका सुरक्षामा रातदिन खटिएका मुनाको उपचार नपाएर घरमै सिकिस्त अवस्थामा भएको परिवारले जनाएका छन्।

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जवाङस्थित आफ्नै घरमा मर्नु न बाँच्नुको अवस्थामा बेसाहारा भएका छन्।जनयुद्धकालको चर्चित चुवाङ बैठकमा मुनाल प्रचण्ड,मोहन वैद्य,बाबुराम भट्टराई,बादलहरु लगायतका नेताहरुको सुरक्षाको जिम्मा लिएका मुनाल उपचार नपाएर छटपटिरहँदा कसैले पनि सहयोग गरेका छैनन्।उपचार नपाएरै मुनालको ज्यान जाने अवसथामा पुगेको परिवारले जनाएका छन्।

मुनालको उपचारका नीम्ति पूर्वमाओवादीका नेता तथा सामाजिक अभियान्त हेमबहादुर खड्काको नेतृत्वमा काठमाडौंको संवाद डबलीमा सहयोग अपिल कार्यक्रम मार्फत सत्तासीन नेता तथा आम मनकारी जनसाधारण समक्ष सहयोगका लागि अपिल गरेका छन्।

देशको परिवर्तनका खातिर आफ्नो शरीर जर्जर बनाउने मुनाल जस्ता सयौं साथीहरुको सहयोगका लागि आफूहरुले मुनाल बाट सुरु गरेको बताए।अभियान्ता खड्काले अगाडि भने, “जनयुद्धमा हेडक्वाटरका नेताहरुको रक्षा गर्ने मुनाल जस्ता सयौं कमरेडहरु बेसाहारा भएका छन्,उहाँहरुको रक्षा कसले गर्ने ?”
कार्यक्रममा बोल्दै खड्काले आफूहरु बिहिबार नै उपचारका लागि रुकुम जाने र मुनाल लाई काठमाडौंमा ल्याएर उपचार गर्ने योजना रहेको जानकारी समेत दिए।जसका निम्ति आम रुपमा सहयोग गर्न अपिल गरेका छन्।

सहयोगको लागि शान्ति नेपालको नाममा रहेको ग्लोबल आईएमई बैंक लिमिटेड, पानी पोखरी शाखाको खाता नम्बर ३३०१०१००००७६५ मा जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ।

प्रतिक्रिया