धनपालगढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गन्तव्य

मोहम्मद सदरुल, २०७७ कार्तिक २२ गते ०:०१ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर,२१ कात्तिक(रासस):ओझेलमा परेका १०० नयाँ पर्यटकीय गनतव्य मध्ये मोरङको धनपालगढी पनि निर्माण र बजेटको पर्खाइमा छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले प्रबर्धन गर्न लागेको यो स्थानलाई संरक्षण,सम्बर्धन र प्रबर्धन गरी पर्यटकलाई भित्र्याई देशमा आर्थिक विकास गर्न यस्तो स्थानको उचित निर्माण हुनु पर्ने आवश्यकता देखिएको छ।

नेपाल पर्यटन बोर्ड,स्थानीय तह र प्रदेश सरकारको सिफारिशमा छनौटमा परेका धनपालगढीको धार्मिक,पुरातात्विक दृष्टिले बेग्ले महत्व छ।

निजी क्षेत्र,स्थानीय सरकार र स्थानीयबासीको सहयोग लिएर घुम्न योग्य बनाउने यो स्थान विगत देखि नै ओझेलमा परेको र हाल सरकारको यो प्रयासले यी ठाउंँमा विकास हुने अनुमान स्थानीयबासीको छ।

विराटनगरको उत्तर पूर्वमा पर्ने विगत कसेनी गाविस र हाल बेलबारी नगरपालिकामा पर्ने एउटा भग्नावशेषलाई राजा धर्मपाल गढी भनेर आजसम्म चिनाइदैछ।

यसलाई सेनवंशी राजाहरु भन्दा पूर्वका बंगालका पालवंशीय राजाकै पालाको गढी भनेर विद्वानहरुले आङ्कलन गरेको कुरा साहित्यकार दधिराज सुबेदीले बताउनु हुन्छ।

हरेक वर्ष वैशाख १० गते मेला लाग्दै आएको धनपालगढीमा ऐतिहासिक र पुरातात्विक धनपाल राजाको दरवारको प्रचार हुने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मेलाले धेरै हद्सम्म मद्दत गरेको छ।

चारै तिर मानव बस्तीले घेरिएको ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जंगल भित्र धनपाल राजाको ऐतिहासिक दरवारको अवशेष बाँकि रहेको छ।

धनपाल राजाले खनेका नौ पोखरी मध्ये तीन पोखरी अझै बाँकि रहेको मानिएको गढीमा रहेको राजा धनपालको मन्दिरलाई बिशेष गरी यहा“का थारु समुदायले पुज्ने गरेका छन्।यहा“ भाकल गरेको सबै कुरा पुग्ने जनविश्वास रह“दै आएको छ ।

विराटनगरबाट २१ किलोमिटर उत्तर पुर्व र महेन्द्र राजमार्गको बेलबारी बाट ८ किलोमिटर दक्षिणमा रहेको धनपालगढीमा रहेको मन्दिरमा हात्तीमा चढेको राजा धनपालको मुर्ति र ठुलठूला नौ वटा घण्टी चोरी भई सकेको छ।

राजा धनपालको दरवारका केही इ“टा र ताम्रपत्र, देवालको भग्नावशेष,इनारको पाटा मात्रै अवशेषका रुपमा रहेको छ।

स्थानीयबासी बुद्धिबिनोद गिरीका अनुसार,राजा धनपालकी छोरी फुलवादेवी असाध्यै राम्री र ताकतवर भएकाले उनले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेको किम्वदन्ति छ।

भारत बाट आएका अल्लाहरुदल नामका राजकुमारले राजकुमारी स“ग कुस्तीमा पराजय भोगेपछि धनपालस“गै युद्ध गरेका थिए।

धनपालस“ग पनि हारेपछि अल्लाहरुदलले छलकपट गरेर हजाम मार्फत दाह्री काट्ने निहु“ले धनपालको घा“टी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए।त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनविश्वास छ।

धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फुल पाइन्छ।चराचुरुङ्गी र वनस्पतीले गर्दा सिजनमा यस ठाउ“मा दैनिक ५० समुहसम्म वनभोज खान आउने गर्छन्।

भारतको बिहार क्षेत्रबाट पनि वनभोज खान गढीमा आउने गरेको स्थानीय रामनारायण चौधरीले वताउनु भयो।

हरेक वर्षको चैत महिनाको शनिबार यहा“को मन्दिरमा आसपासका बासिन्दा आएर सा“झ बत्ति बाल्ले र एक शनिबार बोका र पाठी बली दिएर त्यही बसेर मासुलाई प्रसादको रुपमा ग्रहण गर्ने चलनले निरन्तरता पाईरहेको छ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना अनुरुप सरकारले सबै गन्तव्यका लागि रु.५० करोड बजेट बिनियोजन गरिसकेको छ भने धनपाल गढी निर्माण गर्न सङ्घीय सरकारले रु.५० लाख र प्रदेश न.१ सरकारले रु.५० लाख दिइसकेको भने यस वर्ष प्रदेश सरकारले पुनः रु.४० लाख बजेट विनियोजन गरिसकेको बेलाबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो। उहाँले धनपाल गढीमा अहिले रु.दुई करोड भन्दा बढीको काम भइसकेको छ र यसलाई मूर्त रुप दिन सङ्घीय सरकारको साझेदारी कार्यक्रम अन्तर्गत रु.पाँच करोडको योजना पेश गरेको छु प्रमुख सुवेदीले जानकारी दिँदै भन्नुभयो–रकम प्राप्त हुनासाथ यसको दीर्घकालीन सोचको आधारमा विकास गर्ने,यसको सुन्दरता,संस्कृति,कला,मन्दिर,पुरातात्विक कुराहरुलाई सङ्ग्रहालयमा राख्ने।

ओझेलमा परेका यस्ता धार्मिक र पर्यटकीय महत्व राख्ने गन्तव्यको प्रचारप्रसार र संरक्षण गरिनुका विकल्प छैन भन्दै प्रमुख सुवेदीले धनपाल गढी क्षेत्रको अहिले पर्खालको काम सकिएको छ र केही जग्गा स्थानीयबासीले अतिक्रमण पनि गरेकाले त्यो जग्गा अधिग्रहण गर्ने र बाँकी रहेका स्थानमा पनि पर्खाल लगाएर जग्गालाई पूर्ण रुपमा संरक्षण गर्ने जानकारी दिनुभयो।

बेलवारी नगरपालिका प्रमुख सुबेदीले धनपाल गढीसम्म जाने लगभग आठ किमी बाटोको डेढ किमी बाहेक सबैमा कालोपत्र भइसकेको छ भने यो गढीमा विराट चोक हुँदै नेता चोकबाट पनि जान सकिन्छ।यो स्थानको उचित प्रवद्र्धन एवं विकास भएमा स्थानीय जनताको जीवन स्तरमा परिवर्तन ल्याउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ।

पर्यटकीय हिसावले निकै महत्व मानिएको यो ठाउँको विकास र विस्तारका लागि सरकारले वृहत योजना बनाई व्यवस्थित ढङ्गले काम गर्नु पर्ने आवश्यकतालाई नकार्न सकिन्न।

जिल्ला समन्वय समिति मोरङ्गका संयोजक नरेश पोखरेलले धनपाल गढीको जग्गा अतिक्रमण भएको छ ,यो क्षेत्रको साखसिमाना कायम गरेर भित्र रहेको पोखरीलाई पनि जीवित पार्नु पर्छ भन्नु भयो।

कमलको फूल फुल्ने यो पोखरीलाई व्यवस्थित गर्नु पर्ने, भित्र रहेका पुराना बोटविरुवालाई हटाई नयाँ जातको र हरियाली हुने तथा आकर्षक देखिने बोटविरुवा लगाई प्राकृतिक सौन्दर्यता बढाउने काम गर्नु पर्ने आवश्यकता औल्याउनु भयो।

पर्यटन क्षेत्रमा विगतमा काम गर्नु भएको इन्जिनियर धिरेन्द्र दाहालले केही वर्ष पहिले धनपाल गढीको विकासका लागि सरकारले रु.सात लाख बजेट बिनियोजन गरेको थियो र त्यतिले त्यो ठाउँको समग्र विकास गर्न सम्भव नभएकोले अव यो गन्तव्य स्थानको बृहत योजना बनाई योजना अनुसारकै काम वा निर्माण भएमा यसले देश र विदेशका पर्यटकलाई भित्र्याउन मदत गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया