मन्त्री कार्की १४ दिनपछि सामान्य जीवनमा फर्कनु भयो

इनेप्लिज २०७७ कार्तिक २० गते ६:२३ मा प्रकाशित

विराटनगर,२० कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणबाट आजदेखि सामान्य जीवनमा फर्कनु भएको छ।

मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले आजबाट होम आइसोलेनबाट वाहिर आउनु भएको उहाँको निजी सचिव रवि खनालले बताउनु भयो।

सङक्रमितले १४ दिन आइसोलेसनमा बसिसकेपछि पुनःपरीक्षण आवश्यकक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की होम आइसोलेसनबाट सामान्य अवस्थामा फर्कनु भएको उहाँको सचिवालयले जनाएको छ।

सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताउनु भयो।

मन्त्री कार्कीलाई यही कात्तिक ६ गते सङक्रमण देखिएको थियो भने होम आइशोलसनमा वस्दा स्वास्थ्य अवस्था सामान्य रहेको थियो।

प्रतिक्रिया