नेपालमा एकै दिनमा कोरोनाबाट २,८२४ संक्रमित

इनेप्लिज २०७७ कार्तिक १६ गते १०:५९ मा प्रकाशित

नेपालमा एकै दिनमा कोरोनाबाट २ हजार ८ सय २४ जना संक्रमित भएका छन । बिगत २४ घण्टामा उक्त संख्या आएको हो । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ हजार ६ सय २० जना संक्रमण मुक्त भएको समेत जानकारी दिए ।

हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ रहेको उल्ले जानकारी दिए ।

हाल देशभर सक्रिय संक्रमित ३७ हजार ७ सय ६५ जना रहेका छन् । जसमा संस्थागत एकान्तवास (आइसोलेशन)मा ६ हजार ७ सय ७९ जना र गृह एकान्तवास (होम आइसोलेशन) मा ३० हजार ९ सय ८६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै १ हजार ६२२ जनामा पुष्टि भएको छ । हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ९ सय ६० पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर १३ हजार २३ जनाको गरिएको छ ।

१४ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ जिल्ला संक्रमण मुक्त रहेकाे छ ।

प्रतिक्रिया