टेक्सस ह्युसटनमा रात्रिक्लबमा गोलीकाण्डमा ३ जनाको निधन ,१ घाइते

इनेप्लिज २०७७ कार्तिक ५ गते ११:१९ मा प्रकाशित

टेक्ससको ह्युसटनको एक रात्रिक्लबमा भएको गोलीकाण्डमा ३ जनाको निधन भएको छ भने १ जना घाइते भएका छन । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएका छन ।

उक्त रात्री क्लबमा करिव ३० जना जति जम्मा भएका थिए । प्रहरी अधिकारीहरुले बुधबार गोली संदिग्ध व्यक्तिको व्यापक खोजी गरि रहेका छन्। डिडि स्काई कल्ब नामक क्लबमा गत मंगलबार राती करिव ९:४५ मिनेटमा घटना भए पछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीहरु त्यहाँ पुगे पछी ३ जना मृत अवस्थामा फेला परेको र १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएका छन् । अनुसन्धानका अनुसार २ जनाले गोली चलाएको बताइएको छ ।

श्रोत :एबिसी न्युज ,तस्बिर :केएचओयु डटकम

प्रतिक्रिया