दशैको आशिष सरल बुझ्ने भाषामा

सुबास ढकाल २०७७ कार्तिक ५ गते ०:३८ मा प्रकाशित

सुख-समृद्धी सधै होस्
मान्-सम्मान उच्च रहोस

साथ मिलोस अघी बढ्न
सफलता मिलोस किर्ती छर्न

रोग्-शोक नपरोस कहिले
बल-बुद्धी उच्च रहोस जहिले

विघ्न-वाधा नपरोस कहिले
उच्च मनोबल रहोस जहिले

सुकर्म नै बनोस धन
खुशी रहोस सधै मन

शुभ-आशिष मिलोस आजन्म

दुर्गा-भवानी रहुन प्रसन्न
दुर्गा-भवानी रहुन प्रसन्न

प्रतिक्रिया