खवर संवाददाता
२०७७ कार्तिक २,०५ः४६
धनगढीःड्युटीकै क्रममा अज्ञात समूहद्वारा हत्या गरिएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकका परिवारजन शोकमा डुबेका छन्।
घरको अभिभावक नै गुमाए पछि कञ्चनपुरको पुनर्वास नगरपालिका ९ खगाउँ निवासी मृतक बिकका परिवारजन शोकमा डुबेका छन्।अति विपन्न परिवारमा जन्मेका बिकसहित ३ भाइ थिए।उनी माइलो भाई हुन्।
घरकै कमाई गर्ने तथा लालन पालनको जिम्मेवारी सम्मालेका बिकको ड्युटीकै क्रममा रहस्यमयी ढंगले हत्या गरिएपछि आफुहरु अनाथ जस्तै भएको बिकका भतिजा हरि बिक पीडा पोखे।
घटना भएको खबर पाउँने बित्तिकै पूरै परिवार सहित धनगढी पुगेका उनी भन्छन्,‘हाम्रो त घरमुली नै अंकल हुन्थ्यो।हामी टुहुरो भयौ।’
भूमीहिन विपन्न परिवारको अभिभावक रहेको असई बिकले १२ जना परिवारको लालनपालन गर्दै आएका थिए।उनको श्रीमती सहित साढे २ र अर्को ६ वर्षिया गरी २ छोरी छन्।
प्रहरी सेवामा ३ वर्ष मात्रै बिताएका बिक २ महिना पहिले सुर्खेत जिल्लामा कार्यरत थिए।
बिक परिवारको विचल्ली भएपछि उनको परिवारजनको जिविको पार्जन तथा बालबालबालिकाको शिक्षा दीक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरिएको छ।
पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले विक परिवारको लालनपालनको जिम्मा राज्यले लिनुपर्ने बताए।
खवर संवाददाता
प्रतिक्रिया