राजनीतिको भूमरीमा परेको नेपालको अर्थतन्त्रको अवस्था

अरुण राज सुमार्गी २०७७ कार्तिक २ गते ११:४५ मा प्रकाशित

यत्रो परिवर्तनका बीचमा हामीले कतिको अर्थतन्त्रका बारेमा नवीनतम कार्यहरू ग-यौं भनेर हेर्ने हो भने आज पनि आदिम संरचनामा नै छौं ।

देशले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि निकै नै कालखण्ड पार गरेको हामीले महसुस गरेका छौं । लामो पञ्चायती व्यवस्थाको हाराहारी ३० वर्ष २०१६ बाट प्रारम्भ भएको सुधारिएको पञ्चायत राजतन्त्रका केही पक्ष राम्रा रहे पनि राजनीतिक शक्तिका कारण प्रजातन्त्रको उदय त भयो, तर देशको अर्थतन्त्रले उकालो भने लाग्न सकेन । ७० र ८० को दशकमा हाम्रोभन्दा कम आय भएका देशहरू आज विश्व अर्थतन्त्रको बजारमा आफ्नो क्रयशक्ति, आफ्नो उत्पादनमा आत्मनिर्भर मात्र भएका छैनन्, भौतिक रूपमा पनि धेरै माथि उठेका छन्, ती देशहरू पनि राजनीतिक उतारचढावहरूबाट नै माथि उठेका हुन् । त्यसो हँुदा पनि त्यो देशहरूले गरेको विकासलाई हामीले आत्मसात् गर्न सकेको पाइँदैन । भौतिक विकाससँग देशको विकास जोडिएको देखिन्छ भन्ने थाहा हुँदाहुँदै पनि हाम्रो यात्रा त्यसतर्फ लाग्न सकेन । यसको मुख्य कारण के होला भनेर सरसर्ती हेर्ने हो भने हामी हाम्रो कारणले नै गरिबीको रेखामुनि रहिरहेको पाइन्छ । हामी एसिया प्रान्तमा विश्वको जनसंख्याको ६० प्रतिशत यानि कि साढे ४ अर्ब जनताको बसोबास रहेको पाउँछौं । तर पनि हाम्रो अर्थतन्त्रको आकारलाई विश्वको युरोपियन र अमेरिकीहरूको ४० प्रतिशत जनसंख्याले थिचोमिचो नै गरेको छ । यसका बारेमा धेरै अनुसन्धान र सर्भेहरू भएको देखिन्छ । एसिया यस्तो प्रान्त हो जहाँ छिटो माथि अर्थतन्त्र उठेको ठाउँ हो भन्ने कुरा इकोनोमी अफ एसियाबाट प्रमाणित गरेको पाइन्छ । यो फास्टेट ग्रोइङ इकोनोमी रिजनमा पर्छ ।

एसिया एउटा लामो आधुनिक अर्थतन्त्रलाई छिटो माथि पु-याएको रिजन र क्षेत्रमा पर्छ । जापानले १९५० देखि १९९० सम्ममा जे हासिल ग-यो त्यसले विश्व अर्थतन्त्रमा निकै अर्थ राख्छ । त्यस्तैगरी कोरियाले मिराकल अफ द हान रिभर (१९६१–१९९६) मा जुन अर्थतन्त्रलाई जादुई तरिकाले उठान ग¥यो, त्यो पनि ठूलो उपलब्धि हो । आफ्नो अर्थतन्त्र उकास्न उसले अवलम्बन गरेको बाटो र नक्साहरू हामीले हेर्ने हो भने बाटोघाटो निर्माण र उत्पादनलाई आत्मसात् गरेको पाइन्छ । त्यस्तैगरी चाइनाले इकोनोमी बुम भनेर १९९० बाट आजसम्म जुन बाटो रोज्यो, त्यो सबैका अगाडि छ । आज यो इकोनोमीको बोलवाला पूरा विश्वभरि छरिएको पाइन्छ । त्यस्तै गरी १९९१ बाट इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनाम र भारतसहितको हालसम्मको अर्थतन्त्रको यात्रालाई हेर्नुपर्ने हुन्छ । यत्रो परिवर्तनका बीचमा हामीले कतिको अर्थतन्त्रका बारेमा नवीनतम कार्यहरू ग¥यौं भनेर हेर्ने हो भने आज पनि आदिम संरचनामा नै छौं । देशको विकासका लागि कुल गार्हस्थ्य उत्पादनका लागि पीपीपी अवधारणालाई आत्मसात् गरेको पनि पाइँदैन । कोरियाले हान खोला माथिको अचम्म भन्ने अवधारणा बोक्छ । चाइनाको इकोनोमीले बुम १९७८ बाट २०१३ सम्मको यात्रामा विश्वको अर्थतन्त्रमा फरक धार स्थापना गर्न सक्यो, त्यसैगरी डोमिनेटिङ कन्ट्रीहरूमा मलेसिया, फिलिपिन्स, थाइल्यान्ड र भियतनामजस्ता साउथ एसियाका देशहरूले पनि टाइगर क्लब इकोनोमीको बाटो समाएर अगाडि बढेको देखिन्छ । यस प्रकारको अर्थतन्त्रको सबलीकरणका कारण इन्डोनेसियामा नर्मल जीडीपी पर क्यापिटा यूएस डलरमा १२ हजार ३ सय २ सम्म पु¥याएको देखिन्छ । अझ थाइल्यान्डको जीडीपी १९ हजार २ सय २८ डलर देखिन्छ । मलेसियाले आफ्नो जीडीपी हाम्रोभन्दा दोब्बर नै छ । फिलिपिन्समा करिब ९ हजार २ सय ७७ डलरको हाराहारीमा छ । यो विश्व बैंकको सन् २०१९ को डाटा हो । हाम्रो लक्ष्य हाम्रो कार्य दक्षता र हाम्रो भ्रष्टाचारहरूको बीच हामीले हाम्रो अर्थतन्त्रलाई कहाँनिर सहज बनाउन नसकेको, यो हामी सबैले बुझ्नु जरुरी छ ।

हाम्रो अर्थतन्त्रको मूल आधार के हो, कस्तो अर्थव्यवस्थाको पृष्ठभूमिमा हामी काम गरिरहेका छौं । यो प्रश्नको खोज नै हाम्रो नयाँ र नवीनतम अर्थव्यवस्थाको पाटो बन्नेछ । विश्व बैंक होस् वा इकोनोमी एसिया फोरम होस् या विश्वका ठूला दातृ राष्ट्र होस्, उनीहरूको सहायताले देश बनाउनका लागि हामीलाई आर्थिक क्षेत्रमा सहयोग गर्ने होइनन् । यो सबले बुझ्नुपर्ने कुरा हो । सबको आफ्नो स्वार्थ छ त्यो मिलेनियम च्यालेन्ज होस् वा सिल्क रोड होस् वा चाइनाले अगाडि सारेको बेल्ट एन्ड रोड होस्, सबैको आ–आफ्नो स्वार्थ रहेकै हुन्छ । यहाँ हामीले हाम्रो आवश्यकता र उपलब्धताको आधार विश्वका शक्तिशाली राष्ट्रहरूले अघि सारेको योजना र हाम्रो यात्रालाई देशको स्वाभिमानलाई खतरा नपर्ने गरी कसरी, कोसँग, कस्तो–कस्तो सम्झौता गर्ने हो भन्नका लागि योजना तर्जुमा गर्दा नै गर्नुपर्ने हुन्छ । कहाँबाट कसले सुरु ग¥यो । त्यसैकारण मेरो पालोमा गर्न हुन्न वा हाम्रो सरकारको पालामा यस प्रकारको सम्झौता गर्न हुन्न भन्ने अवधारणाले हामीले अर्थनीतिलाई डो¥याउन सकेका छैनांै । जसरी बूढीगण्डकी, अरुणजस्ता विकास र अर्थसँग जोडिएका विषयहरूलाई हामीले पछि नै छोडिसक्यौं । हामी राजनीतिमा भागबन्डाबाट माथि उठ्न नसकिरहेका बेला हामीले अर्थको नीतिलाई ठीक बाटो लान नसकेको कुराचाहिँ सही र साँचो हो । एउटा व्यक्तिलाई पूरै अर्थतन्त्र ठान्ने हाम्रो सोच आज पनि कायमै छ । समग्र विकासका लागि कुनै पनि एक व्यक्ति वा एक कार्यकाल पूरा हुनै सक्दैन, त्यसैले सोच स्थापना गर्नु नै पर्छ । जब हाम्रो आदर्श र दर्शन स्थापित हुन्छ त्यसपछि हामी त्यसको मार्गप्रशस्त गर्न सक्छौं । अर्थतन्त्र चलायमान बनाउन भूमि बेचेर बजारमा पैसा आउँछ अनि अर्थतन्त्र चलायमान हुन्छ । वैदेशिक गाडीको आयातमा रोक लगाउँदा अर्थ जोगिन पुग्छ । देशको उखुको उत्पादनमा शून्य सहयोग गर्ने नीतिलाई वास्ता नगरी वैदेशिक चिनीमा रोक र खुल्ला उत्पादनमा कुनै महŒव नभएको व्यवस्थालाई फेरि हामी दोहोरो अंकको आँकडा बाँडेर, मागेर ल्याएको पैसाले देशमा तीन तहको सरकार चलाउने राजनीतिक सोचलाई अँगालिराखेका बेला अर्थतन्त्रको नयाँ बाटो खोज्नु जरुरी छ ।

आफ्नो उत्पादनका लागि, आफ्नो उपलब्धताका लागि बजेटमा खासै स्थान नहुने अर्थतन्त्रको नीतिले सबलीकरणतर्फ जान कुनै हालतमा पनि सक्दैन । सबैको मुखमुखमा विकास र जीडीपी बढाउने योजनाहरू सजिलै सुन्न पाइने विश्वको एकमात्र देश हामै्र होला । कसैलाई पनि लाज र महसुस पनि नहुने देश नै भने पनि हुन्छ । हामीले चामल सापटीमा दिएको देश एकादेश भइसक्यो, हामीले विश्वलाई आकर्षण गरेको पनि सदियौं भइसक्यो; तर पनि हामी गरिबीको रेखामुनिको देशमा पर्नु हाम्रो परम्परावादी अर्थव्यवस्था नै हो । हामी ढाँट (बाँसको डन्डी) राखेर पैसा उठाएर, तगारो राखेर किसानले उमारेको आलु, मुला र नासपतीको कर उठाएर देश चलाउनुभन्दा कहिल्यै माथि जान नसकेको अर्थतन्त्रलाई अब नयाँ तरिकाबाट सोच्नुपर्ने बेला थियो, त्यो पनि ढिला भइसक्यो । अफ्रिका, अमेरिकाले कसरी आफूलाई अगाडि बढाए अर्थतन्त्रमा र जीवनस्तरमा, यो जसले पनि, जसरी पनि खोज्न र पढ्न सक्ने विषय हो । आज पनि हामी जाबो २ सय चानचुन कर्मचारी भर्ना गर्न नसकेर भएको र दिएको रेलवे पनि चलाउन नसकिरहेका बेला देशका अर्थतन्त्र बुझेकाहरूसँग कुरा गर्न गए ‘हाम्रो त के कुरा, सरकारलाई धेरै सल्लाह दिएको तर मानेन’ भनेर आफूले मात्र जानेको ठान्ने अनि आफू त्यो स्थानमा बसेका बेला नियमले गर्न नै दिएन भन्ने परम्परावादी सोच र नीतिलाई परिवर्तन गर्नुपर्छ । देशको लोभलाग्दो तरलता बिस्तारै अमेरिका, जापान, क्यानडा र अस्ट्रेलियातर्फ गइरहेका बेला खुला रूपले नेपालमा कमाएर, कुम्ल्याएर भारत पलायन अर्थको त के कुरा; अरूले लगिरहने, राज्य हेरिरहने नीतिलाई रोक्न नसक्ने, पस्न ल्याएकालाई पुँजी दलालहरूको चंगुलले छेकिरहने— यस्तो व्यवस्थाको सुधारका लागि पुरानो चस्मा खोलेर नयाँ ढंगबाट हेर्नु जरुरी छ । देशको उपलब्धताका आधारमा जसरी मध्यपूर्वले आफ्नो स्टकलाई बजारीकरण र विकाससँग विश्वको स्थापित देश युके (युनाइटेड किङ्डम) जस्ता देशहरूसँग हातेमालो ग¥यो, त्यो एउटा अवधारणा थियो । आज पनि हाम्रो विकासको साझेदारीसँग हाम्रो खनिज, हाम्रो पर्यावरण र हाम्रो सौन्दर्यता हाम्रो सरकार, हाम्रो मानव संसाधनसँग नयाँ रूपमा नयाँ सोच विकास गर्न सक्छौं । देश बनाउने हामीले हो । जसरी मलेसियामा ९० को दशकमा एउटा अवधारणा प्रस्तुत भयो— भिजन ट्वान्टी–ट्वान्टी, त्यसैगरी हामीले ‘नेचर विथ इकोनोमी डेभलप फर नेसन’को कार्य अगाडि बढाउनु छ । न कि आसेपासेलाई सुन्दर र रमणीय ठाउँ कौडीको भाउमा दिने नीति अवलम्बन गरेर । आऔं साथीहरू, आउनुहोस् अग्रजहरू ! सबैको देश हो, अर्थतन्त्रको नयाँ नीतिको खोज र विचार समावेश गर्दै सुन्दर नेपाललाई उन्नतिसहितको देश बनाऔं ।

देश हाँसे हामी हाँस्ने हो,
देश मासे सन्ततिले सराप्ने हो ।

प्रतिक्रिया