इमान बेचेउ जमान बेचेउ, बेचेउ के के कता
नागरिक त बेचिसक्यौ, बेचेउ नागरिकता
नदि नाला उद्योग धन्दा, बेचेउ नव जवान
न त लियौ ठूलै मूल्य, फाल्यौ कौडी समान
धर्म बेचेउ कर्म बेचेउ, बेचेउ कला संस्कार
उनले लादे सबै चीज, तिम्ले पायौ सरकार
मख्खै परि लठ्ठै भयौ, होली वाइनको झोलमा
सनातनी धर्म बेचेउ, दुइ कौडीको मोलमा
नाम मात्रको सरकार तिम्रो, रिमोट उनको हातको
सार्वभौम भन्नु मात्रै, आदेश उनै नाथको
बेच्न मिल्ने सबै चीज, सक्किएरै हो की ?
आफन्तैले आश गरे कि,आपत्तै पो भो की?
प्रधानमन्त्री निवासको, यस्तो जग्गा आज
आफन्तलाई बेची खान्छौ, नमानेर लाज
बालुवाटारका भित्र बस्ने, मात्रै बिक्थे पहिले
जग्गै सित बिक्ने चलन, शुरु भयो कहिले ?
हेर्दा हेर्दै जमना नि, आयो कस्तो कस्तो
कार्यकर्ता किन्न भन्दा, पार्टी किन्न सस्तो
लोपै हुने डरले हो कि, ठुलै पदले साटी
त्राशले हो कि आशाले हो खै, बेच्न थाले पार्टी
नुहाउने धुवाउने कुरै छाड्देउ, छैन पिउने पानी
त्यहि पानी नी कतारलाई, बेच्छु भन्छिन नानी
काकाकुले हाहाकारलाई, देखि जानाजानी
कहाँट ल्याएर ति नानीले, बेच्छिन होला पानी
अच्चमैको हतारो छ, पानी उसलाई दिन
उसले ल्याउँछ यतै बेच्न, फेरि त्यहि किन
अरु ल्याउन विदेशबाट, दिन्नन जानाजानी
लाहुरे आउँदा कतारबाट, बोकी दुइ जार पानी
नाखोस्देउ है त्यो चाहिँ पानी, एतैबाट गा ‘को
नेपालकै पानी हो त्यो, कतारे शील भा’को
कौडी सरी जडिबुटी, विदेशीले लिन्छ
हजारौंको मूल्य राखी, फेरि एतै दिन्छ
सके जति सबै बेच्देउ, तिम्ले भेटिन्जेल
राम्रै पैसो पाउँछौ होला, बेच्देउ टुंडीखेल
राजधानीकै मुटु हो त्यो, फेरि कहाँ पाउला
आफन्तैलाइ दिए पछि, अर्को गुण नि लाउला
खोज दलाल बेची हाल, नगर भो ढीलो
मुफतैमा मिली हाल्छ, आठ आनाको बिलो
अर्जुनराज पन्त ,बाग्लुङ मुलपानि
(ब्यङग्य कवि पहिलाे ब्यङग्यकाब्य काेइली का समेत लेखक हुन)
प्रतिक्रिया