जनताको जीवनस्तर उकास्न प्रविधिमा रुपान्तरण आवश्यक – प्रदेश प्रमुख अधिकारी

इनेप्लिज २०७७ असोज ३० गते १०:५६ मा प्रकाशित

जनताको जीवनस्तर उकास्न प्रविधिमा रुपान्तरण आवश्यक –प्रदेश प्रमुख अधिकारीविराटनगर,३० असोज । प्रदेश नं.१का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जनताको जीवनस्तर उकास्न प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताउनु भएको छ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि सम्वन्धि क्षमता विकासका लागि दोश्रो चरणको ‘अनलाईन तालीम’को आज शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

प्रदेश प्रमुख अधिकारीले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक छ भन्दै शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह गर्नुभयो।उहाँले सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिष्पर्धी बन्नु पर्नेमा जोड दिदै पछिल्लो समय शिक्षा सहि दिशामा नगएको भन्ने चिन्ता देखिएकाले यसलाई सहि मार्गमा डो¥याउन आग्रह गर्नुभयो।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका सवै विद्यालय चाँडै प्रविधिमैत्री हुने बताउनु भयो।

उहाँले आगामी १० वर्षभित्रमा विद्यार्थीहरुलाई किताव र झोलामुक्त बनाउने सरकारको अभियान भएपनि आगामी चार वर्ष भित्र सवै विद्यालय प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गर्नु भयो।

मन्त्री घिमिरेले प्रदेश सरकारको लगानीमा एक हजार ३०० भन्दा बढी विद्यालयमा कम्प्युटर ल्याव निर्माण गरिसकिएको जानकारी दिदै प्रत्येक स्थानीय तहका एक सय शिक्षक प्रविधिमैत्री बनाई अन्य शिक्षकलाई पनि सिकाउने छन् भन्नु भयो।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालीम पछि विद्यालयको पठन पाठनमा ठुलो परिवर्तन आउने विश्वास व्यक्त गर्नु भयो। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरु सूचना प्रविधि मैत्री हुन आवश्यक रहेकोमा जोड दिदै शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको बताउनुभयो।

सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालीम गत असोज १५ गतेदेखि शुरु भएको छ।पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागि छन्।दोश्रो चरणको तालीम आजदेखि शुरु भएको हो । दोश्रो चरणका तालीममा १० वटा स्थानीय तहका एक हजार शिक्षक सहभागि भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो।

 

 

 

 

प्रतिक्रिया