हातधुने दिवसमा २१ थान हातधुने स्टेशनहरु हस्तान्तरण

इनेप्लिज २०७७ असोज २९ गते २१:४५ मा प्रकाशित

विराटनगर,२९ असोज।विश्व हात धुने दिवस –२०७७ को उपलक्ष्यमा मानव अधिकार तथा वातावरण मञ्च(फरेन)ले हातले नछोई हातधुने स्टेशनहरू आज हस्तान्तरण गरेको छ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले विराटनगर –१६ स्थित रानी भन्सार नाकामा फरेनले निर्माण गरी सञ्चालनमा ल्याएको तीनजनाले एकसाथ हातधुने स्टेशन वडा नं–१६ का अध्यक्ष मनोज सुब्बालाई हस्तान्तरण गर्नु भयो।

प्रमुख पोखरेल पोखरेलले हातधुने कार्य स्वास्थ्यका लागि अति उपयोगी रहेको बताउँदै कोविड–१९को महामारीको सन्दर्भमा कोरोना संक्रणबाट बच्ने प्रभावकारी विधि रहेको बताउनु भयो।

मानव अधिकार तथा वातावरण मञ्च(फरेन)का अध्यक्ष यज्ञपसाद शर्माले युनिसेफको सहयोग तथा प्रदेश सरकारसँगको समन्वयमा सुनसरी र मोरङका २१ वटा स्थानमा हातधुने स्टेशन राखिएको जानकारी दिनुभयो।

विराटनगर बसपार्कमा अवस्थित हातधुने स्टेशनमा सामूहिक हात धुने कार्यक्रम सम्पनन गरिएको छ। प्रमुख पोखरेल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, फरेनका सचिव खिला निरौला, फरेनका टीम लिडर नवराज निरौला, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, युवा उद्यमी गिरेन्द्र काकी, बसपार्क टोल विकास संस्थाका सचिव उत्तम चौलागाईले सामूहिक रुपमा हातधुने कार्यक्रम सम्पन्न गर्नु भएको छ।

बसपार्कका मजदुर एवं कर्मचारीहरुलाई हातधुने साबुन वितरण गरिएको थियो । फरेनले सुनसरी र मोरङका तीनवटा अस्पताल, एक स्वास्थ्य चौकी, १३ वटा क्वारेन्टिी तथा आइसोलेशन र चारवटा सार्वजनिक स्थानहरूमा सुरक्षित हात धुने स्टेशनहरु जडान गरेको जनाइएको छ।

प्रतिक्रिया