आफ्नो जिन्दगी आफैलाई भार भएपछि

शारदा क्षेत्री ;हाल न्यूयोर्क २०७७ असोज २८ गते २२:५४ मा प्रकाशित

आफ्नो जिन्दगी आफैलाई भार भएपछि
अर्थ छैन बाँचेको अर्काको सार भएपछि

बिगत को याद ले रिटि रिटि रेटि दिन्छ
दुख्छ मुटु करौंतिको जस्तो धार भएपछि

मनका ईच्छा हरु सबै अधुरै अधुरो रह्यो
खुसि लाग्दैन मन सगैं मन हार भएपछि

हेर्दा कहाँ देखिन्छ ह्रदय भित्र को घाऊ
झिकेर फ्याक्न नसक्ने आकार भएपछि

भाग्यले धोका दियो बिचैमा छुटाई दियो
अगि बड्न सकिन तननै लाचार भएपछि

प्रतिक्रिया