सम्बन्ध बिच्छेद

लेखनाथ राउत क्षितिज २०७७ असोज २८ गते २२:४२ मा प्रकाशित

प्रेमिल संरचनाको बिन्दुहरु देखी
केहि पर…
तय भयो अर्को संरचनाको बाटो
जुन संरचनाको बाटो बाट
अब यात्रा गर्नू थियो उनि र म
एक्ला एक्लै भएर ।
आफ्नै अनुकूलतामा बेरीएका
सम्बन्धका आयामहरुमा
एकएक तुसारोपात भए पछि
उनि पछि हटिन्
या म पछि हटे
तोड्न जग्गेमा घुमेको सात फेरोको कसम ?
फगत; न मैले आफ्नै अनुहारमा
कुनै बोझ पाए
नत उनको अनुहारमा कुनै अफ्सोच
मुन्टो निहुँराएर उनि आफ्नै बाटो लागिन
युद्ध हारेको सिपाही झै म आफ्नै बाटो लागे ।
हो… सेतो कागजमा सहिछापा गरे पछि
विछेद भएको थियो हाम्रो संम्बन्ध
मेटिएको थियो उनि र म बिचको
सम्पुर्ण आस्था र बिश्वासका रेखाहरु ।
न्यायलयको आदेशलाइ शिरोपर गर्दै
निक्लिएका थियौ
खुसी र स्वतन्त्र भएर बाँच्न पाउने
अधिकारको पत्र बोकेर ।
केहि दिन पछि थाहा भयो
न्यायलयले थमाइदिएको त्यो पत्रमा
खुसी र स्वतन्त्र भएर बाँच्न पाउने अघिकार त
हामी बाट खोसिएको रहेछ ।
आ आफ्नो संसारमा रमाउने अठोट कसेर
सेतो कागजमा गरेको हस्ताक्षर
आफैलाइ जलाउनको निम्ती रहेछ ।
केहि बर्ष पछि पुरानो घरमा फर्किए
जहाँको भित्तामा धुलै धुलो भएर रहेको
उनका तस्वीरहरु देखे
पुरानो दराज भित्र धेरै साल देखी थन्किएर
बसेको केहि जोर लुगाफाटो देखे
अझै रहेछ बिहेको सिंन्दुर
रातो गोलो टिका…. हरियो चुरा
सानो घुमौरो ऐना
म जिउँदाे हुनका प्रमाणहरु
यि दस्तावेजहरु
पुर्याउनु थियो तिमि सम्म
र भन्नु थियो…..
त्यो बेलामा भन्न नभ्याएका केहि कुराहरु
तर अफ्सोच….
तिमी त तिखाे साँझ जत्तिकै
भईसकिछाै
फेरि उज्यालो हुन नसकिने गरी

प्रतिक्रिया