फ्रान्समा आगामी शनिवारबाट कर्फ्यु लाग्ने,उल्लङ्घन गर्नेलाई १ सय ३५ युरो जरिवाना

रंजित भट्ट २०७७ असोज २८ गते २१:३६ मा प्रकाशित

रंजित भट्ट । फ्रान्सका रास्ट्रपति एमानुएल माक्रोंले वुधवार सञ्चार माध्यम मार्फत अन्तरबार्ता दिदै स्थानीय स्तरमा कर्फ्यू लगाउने घोषणा गरेका छन् । फ्रान्स सरकारले कुनै पनि हालतमा दोस्रो रास्ट्रिय लकडाउन नगर्ने अडान लिएको थियो।

अर्थतन्त्र, कलकारखाना, रोजगारी र जनतामा व्याप्त हुन सक्ने निराशालाई ध्यानमा राख्दै सबै क्षेत्रलाइ सक्रिय राख्दै हरेक बेलुका धेरै संक्रमित भएका क्षेत्रमा केहि घण्टा कर्फ्यु लगाइने भएको हो।

आगामी शनिवार बेलुकाबाट लागु हुने गरी राजधानी पेरिस, लिल, लियों, मार्साई, ग्रनोब्ल, रुवाँ, मोंपेलिए, तुलुज र साँ एतिएन शहरमा बेलुका ९ बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लगाइने भएको छ।

कर्फ्यु उल्लङ्घन गर्नेले १ सय ३५ युरो जरिवाना तिर्नु पर्ने हुनेछ।

प्रतिक्रिया