एनआरएनए विज्ञ सम्मेलन : डिजिटल नेपाल सार्थक बनाउन आग्रह

इनेप्लिज २०७७ असोज २६ गते २१:०३ मा प्रकाशित

लण्डन । साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा इन्फरमेसन कम्युनिकेसन एण्ड टेक्नोलोजी सेसनमा बोल्ने वक्ताहरुले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

पूर्व मन्त्री डा विज्ञान शाहले डिजिटल ट्रान्सफरमेसनलाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।अनलाइन पेमेन्टलाई बढावा दिनुपर्छ।

डिजिटली क्षेत्रमा इनोभेसन हुँदै गएको उहाँको भनाइ छ । युवाहरु यस क्षेत्रमा आकर्षित हुँदै छन् । कोभिडपछि शिक्षामा आइटी प्रयोगमा जोन दिन आवश्यक देखिएको बताउनुभयो।

डिजिटल साक्षरता बढाउन गैरआवासीयले ध्यान दिनुपर्छ । स्वास्थ्य र कृषि क्षेत्रमा पनि डिजिटल्ली जान सकिने उहाँको भनाइ छ ।डिजिटली इकोनोमी अहिलेको आवश्यकता भएको भन्दै डा शाहले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । डिजिटलतर्फ बढी रोजगारी सिर्जना हुने गरी ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ईमर्जिङ टेक्नोलोजीमा कसरी अघि बढ्ने भन्ने चुनौती रहेको बताउनुभयो । आइटी क्षेत्रमा इनोभेसन सेन्टर चाहिने उहाँको भनाइ छ ।

होवार्ड युनिभर्सिटीका प्रोफेसर दण्ड रावतले साइबर सेक्युरिटीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।साइबर अट्याकबाट जोगिन ध्यान दिन सकिने उहाँको भनाइ छ । तेस्रो विश्व युद्ध भएमा साइबर अट्याकबाटै हुन नसक्ने खतरा देखिएको उहाँको भनाइ छ।

युनिभसिर्टी अफ टुर्कु फिनल्यान्डका प्रोफेसर राजीब कान्तले स्मार्ट सिटी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । आइसिटी रिपोर्टले स्मार्ट सिटी निर्माण गर्न सकिने प्रशस्त संभावना रहेको बताउनुभयो ।

एनआइसिटी टोक्यो जापानका रिसर्च म्यानेजर डा.बेदप्रसाद काफ्लेले डिजिटल प्रविधिका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । प्रविधि आत्मसात गर्न पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ । ५ जि नेटवर्कको प्रयोग र सेवाबाट जीवन सहज बनाउन सकिने उहाँको भनाइ छ ।

नेपाल प्रहरीका पूर्व डा राजीव सुब्बाले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षा अन्तरसम्बन्धीत हुने बताउनुभयो । नेपाल र भारतको नक्सा विवादसँगै नेपाल र भारतका ह्याकरले वेभसाइट ह्याक गर्ने गरेको बताउनुभयो । नेपालको सन्दर्भमा यो घटना सामान्यरुमा लिइएपनि इस्टोनियाको जस्तो नेपालमा घटना भए के गर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो । विश्वमा ह्या्करले धेरै क्षति पु¥याएको उदाहरण प्रशस्त रहेकाले साइबर सुरक्षामा विशेष ध्यान दिन आवश्य भएको बताउनुभयो।

नेपाल टेलिकमका म्यानेजिङ डाइरेक्टर डिल्लीराम अधिकारीले सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको बताउनुभयो । डिजिटल फाउन्डेसनमा नेपालले छोटो समयमा फड्को मारेको बताउनुभयो । अष्टिकल फाइबर नभएको ठाउँमा छिट्टै फाइबर बिस्तार गरिने बताउनुभयो । आइडिया इन्डेक्समा सफलता प्राप्त गरेको उहाँले बताउनुभयो।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले १० वर्षमा मोबाइल र डाटा प्रयोग बढ्दै गएको बताउनुभयो । ६ वटा प्रदायक संस्थाले मोबाइल सेवा दिइरहेका छन् । डिजिटल नेपालको परिकल्पना र दिगो विकास लक्ष्य प्राप्ती गर्नका लागि टेलिकमलाई महत्वपूर्ण स्थान दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

वल्र्डलिंक कम्युनिकेसन चिफ टेक्निकल अफिसर समित झानाले प्राइभेट अपरेटरको क्याक्सनमा समस्या रहेको बताउनुभयो । योजना बनाउन नै समस्या हुने उहाँको भनाइ छ । साइबर सेक्युरिटी लको विषय आइरहेकाले त्यतातिर लगानी गर्न आवश्यक देखिएको उहाँको भनाइ छ । जहिले पनि लगानी गर्नुपर्ने समस्या रहेको उहाँको भनाइ छ । दुर्गम क्षेत्रमा इन्टरनेट एक्सेस लैजान समस्या भएको बताउनुभयो । यसका सबै सामान बाहिरबाट ल्याउनुपर्ने समस्या भएकाले बारम्बार युएस डलर बढ्दै जाने भएकाले समस्या आउने गरेको उहाँको भनाइ छ ।

कोर्डिनेटर ज्ञानेन्द्रप्रसाद जोशी, प्रोफेसर मनिष पोखरेल, डेभलेन्डर थापाले मन्तव्य राखेका थिए ।

NRNA LOGO
Group Mail Code of Conduct
1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.

NRNA

Corona Virus Precautions : stay safe
1.Wash your hands frequently
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings

 

प्रतिक्रिया