अपांग प्रतिभा प्रतियोगिता २०७७ को भव्य तयारी हुदै

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ असोज १२ गते २१:३५ मा प्रकाशित

हरेक मानिस भित्र एउटा प्रतिभा लुकेको हुन्छ।कतिले आफ्नो प्रतिभा देखाउने मौका पाउछन र कतिले पाउदैनन र कतिपय मौका पाउदा पाउदै पनि प्रतिभा निखार्न सक्दैनन्।आफु स्वंयम शारीरिक रुपमा असक्त रहेर पनि साइकल मार्फत विश्व भ्रमण गरेका चित्र पौडेलको संयोजनमा अपांग प्रतिभा प्रतियोगिता २०७७ काठमाण्डौमा हुदैछ।

कोरोना महामारीको कारण भौतिक अडिसन गर्न सम्भव नभए पनि संचार प्रविधिको सदुपयोग गर्दै अनलाइन मार्फत १४ अगस्ट देखि २१ अक्टोबर सम्म अडिसन हुदैछ।विभिन्न विधा जस्तै चित्रकला,नृत्यकला,संगीत,हस्तकला रहेका छन।सहभागी मध्ये प्रथम हुने प्रतिभाले एक लाख नगद पुरस्कार सहित मुस्ताङ घुम्ने अवसर पाउने।

प्रतियोगितामा भाग लिन चाहने इच्छुक सहभागीले फेसबुक पेज “disability talent 2020” मार्फत वा इमेल : – [email protected]सम्पर्क :- 9863457035 सिधै फोन गरि नाम टिपाएर अडिसनको प्रक्रिया अनुसार अभिनय गरेर वा भिडियो बनाएर पठाई सहभागी हुन सकिन्छ।

अंपागहरुलाई प्रोत्साहन दिन स्वावलम्बी जीवन बांच्न प्रोत्साहन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको र यस कार्यक्रम लाई सफल बनाउन आर्थिक सहयोग गर्न चाहने जो कोही दानवीर समाजसेवीहरुले माथि उल्लेखित ठेगानामा सम्पर्क गर्न सकिने कुरा कार्यक्रम संयोजक विश्व साइकल यात्री चित्र पौडेल बताउनु हुन्छ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया